काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ६७७ नमुना परीक्षणमा थप २१९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका २१९ जनासँगै नेपालमा पिसीआर र ऐन्टिजेन बिधिबाट गरिएको परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख २३ हजार ३७० पुगेको छ ।
त्यसैगरी आज निको भएका २८६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख १० हजार ७८० पुगेको छ ।
त्यस्तै आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५८५ पुगेको छ ।
त्यसैगरी हाल नेपालमा ४,९०६ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४,६७७ जना होम आइसोलेशनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै हाल आइसीयुमा ७५ र भेन्टिलेटरमा २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म २ करोड ३१ लाख ७१ हजार ९७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या १ करोड ३१ लाख ७५ हजार ५९७ पुगेको छ भने ९९ लाख ९६ हजार ३८० जनाले दोस्रोमात्राको खोप लगाइसकेको पनि स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।
वि.सं.२०७८ पुस ११ आइतवार १७:०४ मा प्रकाशित






























