back
CTIZAN AD

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

वि.सं.२०८३ वैशाख १३ आइतवार

861 

shares

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत गजल साँझ भव्य रूपमा सम्पन्न भएको छ।

शनिबार दिउँसो ३ः३० बजेदेखि सुरु भएको कार्यक्रममा देशभरका २० जना गजलकारले आफ्ना २० वटा गजल वाचन गरेका थिए। कार्यक्रममा प्रस्तुत गजलहरूमा मिलन–विछोड, देशप्रेम, व्यङ्ग्य तथा समसामयिक राजनीतिक भावहरू मिश्रित रहेको थियो।

गजल वाचन गर्ने स्रष्टाहरूमा सीता श्रेष्ठ (सिन्धुली), विजया उपाध्याय (बझाङ), विशाल साउद (अछाम), गणेश बि.क. (जाजरकोट), रूपक वनवासी (तनहुँ), इन्द्र लम्साल (सुर्खेत), शीतल कँडेल (कैलाली), रतनराज पुन (जाजरकोट), भरत पौडेल (भोजपुर), कल्पना कल्पित (स्याङ्जा), सुनिता सापकोटा (भोजपुर), हर्क जोशी (बझाङ), उषा जोशी (कैलाली), सिद्धनारायण आचार्य (कैलाली), दिग्गज धौराली (गोरखा), केशव भट्टराई (झापा), एकराज हमाल (जाजरकोट), त्रुपक (कास्की), बिमला दाहाल (धादिङ) र पूर्ण पौडेल (बाँके) रहेका थिए।

कार्यक्रम वरिष्ठ गजलकार बाबु त्रिपाठीको विशेष पहलमा आयोजना गरिएको हो। उनले कार्यक्रम सञ्चालनका क्रममा बीच–बीचमा गजलका शेरहरू वाचन गर्दै माहोललाई थप रसमय र साहित्यिक बनाएका थिए।

गजल साँझको समापनपछि सहभागी स्रष्टा तथा दर्शकबीच चियापान कार्यक्रम समेत सम्पन्न गरिएको आयोजकले जनाएको छ।

वि.सं.२०८३ वैशाख १३ आइतवार १३:५१ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...