back
CTIZAN AD

श्याकर ट्रेडिङले काठमाडौंमा दुई प्रिमियम सर्भिस सेन्टर उद्घाटन गर्दै सेवा विस्तार सुरु गर्‍यो

वि.सं.२०८३ वैशाख १३ आइतवार

588 

shares

काठमाडौं । ज्योति समूहअन्तर्गतको श्याकर ट्रेडिङ कम्पनीले हुन्डाई सवारी साधनका ग्राहकलाई लक्षित गर्दै देशभर सेवा विस्तार अभियान अघि बढाएको छ। यसै क्रममा कम्पनीले काठमाडौंमा दुई वटा प्रिमियम सर्भिस सेन्टरको औपचारिक उद्घाटन गरेको छ।

कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना अघि सारेको छ। सोही योजनाअन्तर्गत टेकुबाट स्थानान्तरण गरिएको सेवा केन्द्र त्रिपुरेश्वरमा र कान्तिपथस्थित ज्योति भवनमा अर्को सेवा केन्द्र सञ्चालनमा आएको हो।

उद्घाटन समारोहमा हुन्डाई मोटर कम्पनी लिमिटेडका एशिया र ओसियाना क्षेत्रका प्रतिनिधि, क्षेत्रीय अपरेसन प्रमुख तथा एसोसिएटेड क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। साथै, एशियन मोटर कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोसियो कुवाहारा, श्याकर ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुद ज्योति पनि कार्यक्रममा सहभागी थिए।

कम्पनीले ‘प्रीमियम सर्भिस एट फर्स्ट प्राइस’ अवधारणाअन्तर्गत ग्राहकलाई उचित मूल्यमा उच्चस्तरीय सेवा दिने लक्ष्य लिएको जनाएको छ।

कम्पनीका अनुसार सेवा केन्द्रहरूमा आधुनिक डायग्नोस्टिक उपकरण, डिजिटल सर्भिस ट्र्याकिङ प्रणाली, दक्ष प्राविधिक सेवा तथा छिटो सेवा प्रवाहका लागि फास्ट सर्भिस बेजस्ता सुविधा उपलब्ध हुनेछन्।

त्यसैगरी, 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सेवा एकै स्थानमा उपलब्ध गराइने, ग्राहकका लागि निःशुल्क कार वाश तथा कफी सुविधा समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

श्याकर ट्रेडिङले यस विस्तारमार्फत नेपालभर हुन्डाई ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। आगामी दिनमा थप सेवा केन्द्र विस्तार गर्दै सेवा सञ्जाल अझ सुदृढ बनाइने कम्पनीको भनाइ छ।

वि.सं.२०८३ वैशाख १३ आइतवार १३:२६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...