back
CTIZAN AD

एनएमबि बैंकलाई जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

वि.सं.२०८३ वैशाख १३ आइतवार

408 

shares

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी तथा वित्तीय सेवा स्थानान्तरणमा उत्कृष्ट प्रदर्शन गरेबापत जर्मनीको प्रतिष्ठित कमर्ज बैंक एजीबाट ‘एसटीपी (Straight Through Processing) अवार्ड २०२५’ प्राप्त गरेको छ।

उक्त अवार्ड अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त सम्मानका रूपमा लिइन्छ। पूर्ण रूपमा स्वचालित र सरल प्रक्रियामार्फत अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदान गर्ने सीमित बैंकहरूलाई मात्र यो अवार्ड प्रदान गरिने जनाइएको छ।

यस उपलब्धिले एनएमबि बैंकको प्राविधिक दक्षता, कार्यगत अनुशासन तथा छिटो, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको बैंकले जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले यो उपलब्धि ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङ सेवा अझ सरल र सहज बनाउन गरिएको निरन्तर प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले उच्च मापदण्ड कायम राख्दै छिटो र सुरक्षित सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।

यस उपलब्धिसँगै एनएमबि बैंक व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि अझ विश्वसनीय साझेदारका रूपमा स्थापित भएको छ।

हाल बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

वि.सं.२०८३ वैशाख १३ आइतवार १३:०४ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...