काठमाडौं । नेकपा (माले)का महाससचिव सिपी मैनालीले नेकपा (माओवादी केन्द्र)का नेताहरुलाई जनयुद्धको समीक्षा गर्न आग्रह गरेका छन् । उनले माओवादी जयनुद्धले उठाएको एजेण्डा एकातिर र उपलब्धी अर्को तिर किन भयो भनि प्रश्न पनि गरे ।
‘एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलबाट किन अर्कै प्राप्त भयो ?’ मैनालीले भने, ‘त्यो घोषित लक्ष्य किन पुरा भएन ? यी प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् ।’
उनले माओवादी केन्द्रका नेताहरुका अघि अहिले ठूलठूला प्रश्नहरु उभिएको बताए । ‘नेपाली इतिहासको १० वर्षे कालखण्ड र चर्चित आन्दोलनबाट आएको माओवादी केन्द्रले जनताको असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्छ भनेर आशा किन नगरु ?’, उनले भने ।
वि.सं.२०७८ पुस ११ आइतवार १७:१८ मा प्रकाशित






























