back
CTIZAN AD

जनयुद्धमा हिँडेको दिन सम्झिँदै उपेन्द्र यादवले भने – जनयुद्ध नभएको भए परिवर्तन सम्भव थिएन

वि.सं.२०७८ पुस ११ आइतवार

984 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश विद्रोहबाटै देशमा राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । माओवादी केन्द्रको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले तत्कालिन समयमा युद्ध लडेको पनि सम्झिए ।

‘जनयुद्धका विभिन्न मोर्चामा सँगै लडेको सम्झना अहिले पनि भइरहेको छ’, यादवले भने, ‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । देश राजतन्त्रकै वरिपरि घुमिरहेको हुन्थ्यो ।’

उनले सत्य निरुपण तथा मेलमिलापको विषय अहिले पनि अलपत्र रहेको भन्दै जनयुद्ध र विद्रोहमा लागेकाहरूलाई न्याय दिलाउन प्रचण्डलाई ध्यानाकर्षण गराए ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग अलपत्र छ। जनयुद्ध ताका बेपत्ता पारिएका परिवारले न्याय अहिलेसम्म पनि पाएका छैनन्। उनीहरुले न्याय पाऊन्,’ उनले भने।

वि.सं.२०७८ पुस ११ आइतवार १७:३३ मा प्रकाशित

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...