back
CTIZAN AD

कालीकोटका केही विद्यालयमा मात्र सेनिटरी प्याड वितरण

वि.सं.२०७८ पुस १४ बुधवार

702 

shares

मान्म । कालीकोटका नौवटा स्थानीय तहमध्ये केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेका छन् । नेपाल सरकारले प्रत्येक विद्यालयमा सेनिटरी प्याड पुर्याउने उद्देश्यले बजेटको व्यवस्था गरेको भए पनि स्थानीय तहको उदासीनताका कारण केही स्थानीय तहले मात्र विद्यालयमा सेनिटरी प्याड दिने गरेका छन् ।

नेपाल सरकारले २०७६ सालमा सामुदायिक विद्यालयका किशोरावस्थाका छात्रालाई लक्षित गरेर सेनिटरी कार्यविधि ल्याएर सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिदका लागि बजेटको व्यवस्था गर्ने गरेको छ । कालीकोटका केही स्थानीय तहले सेनिटरी प्याड खरिदका लागि विनियोजन गरेको बजेटसमेत अयन्त्र खर्च गर्ने गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरिनाथ गाउँपालिका र पलाँता गाउँपालिकाले मात्र विद्यालयमा सेनिटरी प्याड वितरण गर्ने गरेको पाइएको छ ।

तिलागुफा नगरपालिका, महाबै गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकाले सामुदायिक विद्यालयमा सेनिटरी प्याड खरिद तथा वितरण गरेका छैनन् । गत आर्थिक वर्षमा रु १८ लाखको सेनिटरी प्याड खरिदको ठेक्का हँुदा रु १३ लाखमा ३५ हजार प्याकेट सेनिटरी प्याड खरिद गरिएको रास्कोट नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रभुलाल न्यौपानेले जानकारी दिए ।

खाँडाचक्र नगरपालिकाले शिक्षा शाखामार्फत सेनिटरी प्याड खरिद हुने गरेको वितरण पनि त्यहीँबाट हुने गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालले जानकारी दिए । उहाँका अनुसार नेपाल सरकारको कार्यक्रमको पालना गरिएको बताए । नेपाल सरकारले सामुदायिक विद्यालयमा सेनिटरी प्याडका लागि बजेट छुट्याउने गरेको आफूलाई थाहा भएको तर, आफ्नो विद्यालयमा सेनिटरी प्याड अहिलेसम्म नपाइएको तिलागुफा नगरपालिका–६ सत्यदेवी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्यार्थी रमिला शाहीले बताइन् ।

वि.सं.२०७८ पुस १४ बुधवार १६:३७ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...