back
CTIZAN AD

माओवादीमा प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने !

वि.सं.२०७८ पुस १४ बुधवार

684 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गको जारी बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन र नेता देव गुरुङ्गले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल जारी छ । प्रतिवेदन र मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहले समूहगत सुझाब राखिरहेका छन् ।

प्रतिवेदन र विधानमाथि राखिएका सुझाबमा हरेक तहका कमिटीहरुमा प्रमुख कार्यकारी पदमा बढीमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्थाको माग गरिएको छ । समूहगत सुझाबका रुपमा प्रतिनिधिहरुले विधानमै स्पष्ट रुपमा दुई कार्यकालको व्यवस्थालाई उल्लेख गर्नुपर्ने माग गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको तर्फबाट बन्दसत्रमा सुझाब पेस गर्दै मीनबहादुर कुँवरले पार्टी सँगसँगै सरकारको कार्यकारी पदमा पनि दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागु गर्न माग गरे ।

जिम्मेवार नेताहरुको कार्य प्रगति मुल्यांकन गर्ने व्यवस्था पनि हुनुपर्ने नेताहरुको माग छ । जसलाई स्पष्ट रुपमै विधानमा व्यवस्था गर्न माग गरिएको छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १७:१० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...