back
CTIZAN AD

उपेन्द्र यादव भन्छन् – एमसीसीमा राष्ट्रिय सहमतिबाटै निर्णय लिनुपर्छ

वि.सं.२०७८ पुस १४ बुधवार

687 

shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमसीसी सम्झौता राष्ट्रिय सहमतिबाटै अगाडि बढाइनुपर्ने बताएका छन् । उनले सहमति नगरी अगाडि लैजानु गलत हुने बताए ।

‘जसपाले समय आएपछि एमसीसीको बारेमा ठोस निर्णय लिन्छ, तथापी यो विषय राष्ट्रिय सहमति बाहिरबाट अगाडि बढाइनुहुन्न’, बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

यादवले एमसीसीमा सामूहिक धारणा नबनाई व्यक्तिगत धारणा बनाउनु गलत हुने बताए । एक अर्को प्रसङ्गमा बोल्दै उनले राज्य पुनःसंरचना आयोगको सिफारिसअनुसार प्रदेश र स्थानीय तहको पुनःसंरचना गरिनुपर्ने बताए ।

एमसीसीकै कारण जसपाभित्र विवाद

जसपाले हालसम्म एमसीसीको विषयमा सामूहिक निर्णय गरेको छैन । नेताहरु एमसीसीको विषयमा विभाजित पनि देखिएका छन् । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीलाई जसरी पनि अगाडि बढाउनुपर्छ भन्दै लागेपछि जसपामा विवाद देखिएको हो ।

एमसीसीमा जसपाको मुल नेतृत्व भने माओवादी केन्द्र र एकीकृत समाजवादीको धारणासँग नजिक देखिन्छ ।

वि.सं.२०७८ पुस १४ बुधवार १६:३७ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...