back
CTIZAN AD

घट्यो धान उत्पादन

वि.सं.२०७८ पुस १४ बुधवार

966 

shares

म्याग्दी । यस वर्ष प्रमुख खाद्यबाली धानको उत्पादनमा कमी आएको छ । म्याग्दीमा गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा शून्य दशमलव ८९ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

क्षेत्रफल घटेको र भित्र्याउने समयमा वर्षात्ले पुर्याएको क्षतिले उत्पादनमा असर पुगेको केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए । गत वर्ष तीन हजार ८९० हेक्टर क्षेत्रफलमा खेती हुँदा १३ हजार ४८० मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष तीन हजार ८८५ हेक्टरमा धानखेती भएको थियो । १३ हजार ३६० मेट्रिक टन उत्पादन भएको कृषि प्रसार अधिकृत पाण्डेले बताए । वैशाख-जेठ महिनादेखिनै वर्षा भएकाले कृषकले समयमै धान रोपाइँ गर्न पाएका थिए । नियमित वर्षा भएकाले सिँचाइ सहज भएको थियो । रोगकिराको समस्या नदेखिए पनि कात्तिकको पहिलो साता भएको वर्षात्ले भित्र्याउन समस्या र २०० हेक्टरमा बोट ढलाएर क्षति गरेको थियो ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहेंले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

अनुकूल मौसमका कारण मकै उत्पादन भने बढेको छ । यस वर्ष नौ हजार ४३५ हेक्टर क्षेत्रफलमा मकैखेती भएको थियो । गत वर्ष ३२ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यसपालि ३२ हजार २१० मेट्रिक टन उत्पादन भएको छ । मकै म्याग्दीमा सबैभन्दा धेरै खेती हुने खाद्यबाली हो ।
रासस

वि.सं.२०७८ पुस १४ बुधवार १६:३६ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...