१५ पुष, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले मञ्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा कायम भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार ९३९ रुपैयाँमा भएको थियो ।
वि.सं.२०७८ पुस १५ बिहीवार १०:३८ मा प्रकाशित

























