back
CTIZAN AD

एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

वि.सं.२०७८ पुस १५ बिहीवार

702 

shares

काठमाडौँ । नेकपा (एमाले) को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन आगामी माघ ८ र ९ गते काठमाडौँमा हुने भएको छ ।

सो कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक÷साङ्गठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे, आर्थिक व्यवस्थापनमा उपाध्यक्ष रामहरि सुवेदी, प्रतिनिधि व्यवस्थापनमा सचिव विजय सुवेदी, प्रचारप्रसारमा उपसचिव रत्न गुरुङ हल, मञ्च र खाद्य व्यवस्थापनमा उपसचिव महेशकुमार बर्तौला, अतिथि सत्कारमा सचिवालय सदस्य अप्सरा चापागाई, स्वास्थ्य प्रदेश सदस्य डा रामकुमार अधिकारी र स्वयंमसेवक परिचालनमा प्रदेश सदस्य उपेन्द्र पौडेललाई संयोजक तोकेको छ ।

अधिवेशनका लागि आगामी माघ २ गतेभित्र प्रतिनिधि छनोट गरिसक्नुपर्ने तय गरिएको उपसचिव गुरुङले जानकारी दिए । बैठकमा पार्टीका बागमती इञ्चार्ज काशीनाथ अधिकारी, सहइञ्चार्ज कृष्णगोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङको उपस्थितिमा थियो । एमालेले सबै प्रदेशमा यही पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन तोकेको छ ।

 

वि.सं.२०७८ पुस १५ बिहीवार १२:४१ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...