१५ पुस । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना सङ्क्रमित भेटिएका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।
यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो पहिलो घटना हो । यसअघि पनि सोमबार मात्र पनि करिब १ लाख ३० हजार जनामा यो सङ्क्रमण भेटिएको बताइएको थियो । त्यस्तैगरी उनीहरुका अनुसार मङ्गलबार कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ । यसअघि सोमबार मात्र सङ्क्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो ।
यसरी मङ्गलबार मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो । अहिलेसम्ममा १ करोड २५ लाख भन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ४८ हजार भन्दा बढीको ज्यान गएको बताएका छन् ।
पछिल्लो समयमा ओमिक्रोनको सङ्क्रमण पनि बढ्दै गएको छ । जसका कारण सरकारले कतिपय सार्वजनिक कार्यहरुमा प्रतिबन्ध लगाएको छ भने सतर्क रहन आग्रह पनि गरेको छ । पछिल्लो समयमा ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने सङ्क्रमितहरुको संख्या पनि बढ्दो देखिएको छ ।
वि.सं.२०७८ पुस १५ बिहीवार १२:३५ मा प्रकाशित





























