back
CTIZAN AD

माधवकुमार नेपालसँगको एकतालाई मध्यनजर गर्दैै माओवादीमा पनि वरिष्ठ नेता पदको व्यवस्था !

वि.सं.२०७८ पुस १५ बिहीवार

675 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल जारी छ । बिहीबार विभिन्न १३ समूहका नेताहरुले प्रतिवदेन र मस्यौदामाथि आफ्नो सुझाब राखिरहेका छन् ।

सुझाब राख्ने क्रममा प्रतिनिधिहरुले वरिष्ठ नेताको व्यवस्था गर्न माग गरेका छन् । बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा समूह १३ का टोली नेता गोपाल शर्माले भविष्यमा हुनसक्ने पार्टी एकतालाई मध्यनजर गर्दै विधानमा वरिष्ठ नेताको व्यवस्था गर्न माग गरेका हुन् ।

उनले अहिलेकै विधानमा त्यस्तो व्यवस्था गरिए भविष्यमा सहज हुने तर्क गरे । माओवादी विधान संशोधनको प्रस्तावमा वरिष्ठ उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपालगायत पूर्वमाओवादी घटकहरुबीच पार्टी एकताको चर्चा छ । बन्दसत्रमा विशेषतः पूर्वमाओवादी घटकहरुबीचमा एकता गर्नुपर्ने धारणा नेताहरुले राखेका छन् ।

वि.सं.२०७८ पुस १५ बिहीवार १४:३९ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...