back
CTIZAN AD

माओवादीभित्रका १० धनाढ्यको नाम सार्वजनिक गर्न प्रचण्डसँग माग

वि.सं.२०७८ पुस १६ शुक्रवार

648 

shares

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिबेशनका क्रममा माओवादीभित्रका १० धनाढ्यको नाम सार्वजनिक गर्न माग गरिएको छ ।

विहीवारको चालू बन्दसत्रमा आफ्ना निष्कर्ष राख्ने क्रममा प्रचण्डको प्रतिवेदनभित्र माओवादीभित्रका १० धनाढ्यको नाम सार्वजनिक गर्न माग गरिएको हो ।

यसबाहेक पार्टी छोड्दै नयाँ पार्टी बनाउँदै वा जाँदै र फर्कदै गर्दा पार्टीमा झन ठुलो स्थान दिइने प्रणालीले पार्टीभित्र इमान्दार कार्यकर्ताहरुमा निराशा छाएको निष्कर्ष समेत निकालिएको छ ।

नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश समूह ८ बाट बन्दसत्रको चौथो दिनमा सहभागी माओवादी प्रतिनिधिहरुले त्यस्तो विकृतिबाट पार्टी गाँजिएको भन्दै पार्टी छाडेर फेरि फर्किनेहरुलाई एकतह घटुवा गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

सो समुहका प्रमुख सुदर्शन बरालले प्रचण्डको उमेर, स्वास्थ्य र स्वतन्त्रताका बाबजुद दस्तावेजले धेरैकुरा उजागर गरेको बताउँदै संसारका १० धनाढ्यको साटो माओवादी भित्रका १० धनाढ्यको नाउँ उल्लेख गर्न माग भएको सुनाएका थिए ।

उनको समुहमा जनयुद्धमा सहभागी हुनेहरुलाई गणतन्त्र सेनानीको रुपमा ‘भेट्रान पदक’ दिइनुपर्ने विषय समेत राखेका थिए ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १०:४३ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...