back
CTIZAN AD

नेताहरु भ्रष्ट र दलालसँग सांठगाँठ गरिरहेको नेतृ थापाको आरोप

वि.सं.२०७८ पुस १६ शुक्रवार

705 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिबेशनमा जारी बन्दसत्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमा २५ समुहका नेताले सामुहिक निष्कर्ष राख्ने क्रम सकिएको छ ।

उक्त क्रममा प्रदेश नं २ को सप्तरी, सिराहा, महोत्तरी र धनुषाका प्रतिनिधिहरुको नेतृत्व गर्दै प्रदेश २ की नेतृ भवानी कुमारी थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दस्तावेजमाथि निष्कर्ष सुनाउँदै माओवादी नेताहरु भ्रष्ट र दलालसँग साँठगाँठ गरेको अभियोग दर्ज गरेकी हुन् । उनले सो विषयमा आफ्नो समूह बढी चिन्तित भएको समेत जनाएकी छन् ।

नेतृ थापाले व्यवहारमा अभिव्यक्त नभएको विचारको कुनै अर्थ नहुने धारणा राख्दै मिटर व्याजे र तस्कहरु पार्टीमा हावी हुन थालेको उल्लेख गरेकी थिइन् । समुहको धारणा राख्ने क्रममा उनले ३६ जिल्लामा फैलिएको चुरे विनाशले तराईमा संकट बढ्दै गएको समेत बताएकी थिइन् । रोशन यादव (धनुषा) लगायतको पुरानो मुद्दामा भारतले दुःख दिएको बताउँदै सरकारबाट यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

 

 

 

वि.सं.२०७८ पुस १६ शुक्रवार १२:११ मा प्रकाशित

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...