back
CTIZAN AD

ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण

वि.सं.२०७८ पुस १६ शुक्रवार

576 

shares

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।

टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो पुलबाट धौलागिरिको मल्कवाङ, मराङ, आरवाङ, हाङवाङ, औसीवाङ, भेडीखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले जानकारी दिए ।

पुलको बिहीबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले शुभारम्भ गर्दै भने, “स्थानीयवासीलाई सुरक्षितरूपमा आवतजावत गर्न पुलले सुविधा पुगेको छ । गत वर्ष सुरु भएका सातमध्ये सबैभन्दा पहिले आस्कारे खोला पुल निर्माण सकिएको हो ।”

यसैगरी धौलागिरि–७ धारापानीमा रहेको किसानी माविलाई बिहीबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेल र प्रशासन तथा वित्त प्रमुख सुमी जिसीले विद्यालयका प्रअ धु्रव भण्डारी र शिक्षक अभिभावक सङ्घका अध्यक्ष रामबहादुर खत्रीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धौलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको सहजीकरणमा सञ्चालित होप विद्यालय परियोजनाअन्तर्गत कम्प्युटर उपलब्ध गराइएको सङ्गमका अध्यक्ष पौडेलले बताए ।

पहिराबाट क्षतिग्रस्त भवन स्थानान्तरणका लागि परियोजनाको रु ८० लाख सहयोगमा किसानी माविको धारापानीमा चारकोठे भवन निर्माणाधीन छ । उनले प्रतिगोटा रु ६९ हजारका दरले कूल रु चार लाख ८३ हजार मूल्य बराबरको सात थान कम्प्युटर उपलब्ध गराएको बताए।
रासस

वि.सं.२०७८ पुस १६ शुक्रवार १२:१९ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...