back
CTIZAN AD

भारतका पूर्व कप्तान गाङ्गुली उपचारपछि अस्पतालबाट घर फिर्ता

वि.सं.२०७८ पुस १७ शनिवार

717 

shares

१७ पुष । कोभिड–१९ को ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गाङ्गुली भर्ना भएको चार दिनपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएको उनको उपचारमा सम्लग्न एक वरिष्ठ चिकित्सकले बताए ।

भारतीय क्रिकेट टिमका पूर्व क्याप्टेन ४९ वर्षीय गाङ्गुली लाई सोमबार कलकत्तास्थित अस्पतालमा भर्ना गरिएको थियो । गाङ्गुलीलाई कोभिड–१९ को ओमिक्रोन भेरिएन्ट भाइरस सङ्क्रमण पुष्टि हुँदा हल्का ज्वरो देखिएको थियो ।

चिकित्सकले एएफपीसँग भने, “ओमिक्रोन भेरिएन्टको परीक्षणमा सङ्क्रमण नदेखिएपछि उनले घर जाने इच्छा व्यक्त गरेकोले अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनका भाइ स्नेहासिशले एएफपीसँग गाङ्गुली ले उनकोे उपचारको क्रममा ‘एन्टिबडी ककटेल थेरापी’ लिएको बताए । “अहिले सौरभ ९गाङ्गुली ० घरमै आराम गरिरहेका छन्,” उनले भने ।

भारतका अत्यधिक लोकप्रिय क्रिकेट खेलाडीहरूमध्ये एक र देशको क्रिकेट बोर्डका प्रमुखसमेत रहेका गाङ्गुली लाई यस वर्षको सुरुतिर छाती दुखेको कारण दुई पटक अस्पतालमा भर्ना गरिएको थियो । उक्त समय उहाँको ‘एन्जियोप्लास्टी’ गरिएको थियो ।

विनाशकारी कोभिड–१९ को सङ्क्रमण भारतमा देखिएपछि पहिलो पटक अप्रिल र मे महिनामा सङ्क्रमितको संख्या उल्लेख्य गतिमा घटेको थियो । भारतले अहिलेसम्म एक हजार २७० ओमिक्रोन भेरिएन्ट सङ्क्रमित रोगीहरूको पुष्टि गरेको छ ।

वि.सं.२०७८ पुस १७ शनिवार ०८:५९ मा प्रकाशित