
डोटी तिरको कथा हो यो । स्वर्गिय पतिको घर व्यवहार थामेर बसेकी महिला, भैंसी पालेर दुध बेच्ने काम गर्थिन् । बिहान बेलुकै । दुध बेच्दा पाडा\ पाडी हुर्काउन नसकिने । पाडो चाट्दै पगारने बानी पारेकी थिइन् । व्याएको १० ÷ १५ दिनमै भैंसी हलसारो (पाडो नभएको) भै हाल्थ्यो । तर भैसी पाडो नचाटी नपग्रिने, गाह्रो थियो उनलाई ।
उपाय सुझाएर मरेको पाडोको छाला काडेर ठुलो टोपी बनाउन लगाएर राखेकी थिईन । दुहुने बेलामा भैसीको अगाडि टोपी गम्लङ्ग लगाई दिएर मान्छे बसाउँथिन । भैसी केहीबेर त्यै टोपी चाटेर पग्रिन्थ्यो । उनि दूध दुहेर भैसी अगाडि बस्नेको टोपी र दूध लिएर घर भित्र पस्थिन । टोपीधारी धेरैबेर आँगनमा उभिन्थ्यो र बजै दूध बेच्न निस्केपछि बाटो लाग्थ्यो ।
उनको समस्या त्यति मात्र थिएन, टोपी लगाएर वसिदिने मान्छे पाउनै गाह्रो । सधैं जसो आँगनमा निस्कीएर वरपर हेर्थिन् र जो कोही गाउँले बटुवालाई भैसीको अगाडि टोपी लाएर बसिदिने सहयोग माग्थिन् र पाउँथिन पनि । क्रम चल्दै रह्यो । मानिसहरूले उनले मागेको सहयोगलाई झिंझो मान्न लागे । दिक्क मान्दै तर्किन थाले । उनको घरको बाटो हिड्नै छाडे । पेशा नै नचल्ने भो ।
हारगुहार गरिन् । बजैलाई त्यति सहयोग त गरिदिनु पर्ने, के परेछ त्यस्तो ? गाउँ मुखियाले छलफल अगाडी बढाए । गाउँले सबैले एकै स्वरमा भने “खाई नपाई छालाको टोपी लाई ।’ मुखियाले निर्णय सुनाउँदै भने–बजैले त्यो छालाको टोपी लाउनेलाई एक प्याला दूध चै खान दिने गर्नु । बजैले बिचारिन् त्यति दूध त पाडालाई छोडें भने टोपी सिलाउनुनै पर्दैन नि !!
देवेन्द्र खनाल, बानेश्वर, काठमाडौं