back
CTIZAN AD

लोक कथा: खाई नपाई छालाको टोपी लाई

वि.सं.२०७८ पुस १७ शनिवार

2.1K 

shares

डोटी तिरको कथा हो यो । स्वर्गिय पतिको घर व्यवहार थामेर बसेकी महिला, भैंसी पालेर दुध बेच्ने काम गर्थिन् । बिहान बेलुकै । दुध बेच्दा पाडा\ पाडी हुर्काउन नसकिने । पाडो चाट्दै पगारने बानी पारेकी थिइन् । व्याएको १० ÷ १५ दिनमै भैंसी हलसारो (पाडो नभएको) भै हाल्थ्यो । तर भैसी पाडो नचाटी नपग्रिने, गाह्रो थियो उनलाई ।

उपाय सुझाएर मरेको पाडोको छाला काडेर ठुलो टोपी बनाउन लगाएर राखेकी थिईन । दुहुने बेलामा भैसीको अगाडि टोपी गम्लङ्ग लगाई दिएर मान्छे बसाउँथिन । भैसी केहीबेर त्यै टोपी चाटेर पग्रिन्थ्यो । उनि दूध दुहेर भैसी अगाडि बस्नेको टोपी र दूध लिएर घर भित्र पस्थिन । टोपीधारी धेरैबेर आँगनमा उभिन्थ्यो र बजै दूध बेच्न निस्केपछि बाटो लाग्थ्यो ।

उनको समस्या त्यति मात्र थिएन, टोपी लगाएर वसिदिने मान्छे पाउनै गाह्रो । सधैं जसो आँगनमा निस्कीएर वरपर हेर्थिन् र जो कोही गाउँले बटुवालाई भैसीको अगाडि टोपी लाएर बसिदिने सहयोग माग्थिन् र पाउँथिन पनि । क्रम चल्दै रह्यो । मानिसहरूले उनले मागेको सहयोगलाई झिंझो मान्न लागे । दिक्क मान्दै तर्किन थाले । उनको घरको बाटो हिड्नै छाडे । पेशा नै नचल्ने भो ।
हारगुहार गरिन् । बजैलाई त्यति सहयोग त गरिदिनु पर्ने, के परेछ त्यस्तो ? गाउँ मुखियाले छलफल अगाडी बढाए । गाउँले सबैले एकै स्वरमा भने “खाई नपाई छालाको टोपी लाई ।’ मुखियाले निर्णय सुनाउँदै भने–बजैले त्यो छालाको टोपी लाउनेलाई एक प्याला दूध चै खान दिने गर्नु । बजैले बिचारिन् त्यति दूध त पाडालाई छोडें भने टोपी सिलाउनुनै पर्दैन नि !!

देवेन्द्र खनाल, बानेश्वर, काठमाडौं

वि.सं.२०७८ पुस १७ शनिवार ०८:५८ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...