back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७८ पुस १७ शनिवार

774 

shares

१.
काम धेरै गर्नेहरू भन्दा कुरा धेरै गर्नेहरू देख्छु यहाँ,
आफ्ना ती कामै छोडेर, कान धेरै भर्नेहरू देख्छु यहाँ,
उब्जाउनेहरू मरिरहन्छन्, खानेहरू बसेर खाइरहन्छन्,
आफ्ना स्वार्थ पूरा नभए, भ्रम धेरै छर्नेहरू देख्छु यहाँ ।


तिमीलाई थाहा छ कतिखेर कस्लाई उल्ट्याउनु पर्छ,
कोसँग बदला लिनु छ, अनि कस्लाई गुल्ट्याउनु पर्छ,
भ्रममै रहेछु म पनि, तिमी एउटा असल मानव भन्दै,
छोड तिम्रो जाल–झेल, मनलाई अब सुल्टयाउनु पर्छ ।


देश र पार्टी तिमीलाई जनताले दिएको पेवा भएछ,
सत्यनारायण पुजाको प्रसाद अपुङ्गो र मेवा भएछ,
सत्ताको कुर्सीमा पुगेपछि, कुर्सी मोह कति साह्रो,
देशको टेवा बन्छु भन्थ्यौ, देशै पो तिम्रो टेवा भएछ ।

नियालेर आफ्नै मनको मैलो हेर,
कसैको घर पस्नु अघि दैलो हेर,
अर्काकै ढुकुटी हेरी किन जल्छौ,
सानै भएपनि आफ्नै थैलो हेर ।


अझैपनि देश भ्रष्टाचारको जालो भयो,
व्यवस्था फेरियो घाउ फेरि आलो भयो,
नातावाद, फरियावादमै अल्झियो देश,
मन्त्रालयको पीए मन्त्रीकै सालो भयो ।

घनश्याम डल्लाकोटी ’कृष्णजी शर्मा’
राप्ती– ८, पूर्वी चितवन

वि.सं.२०७८ पुस १७ शनिवार ०८:५१ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...