back
CTIZAN AD

कविता: खजुर

वि.सं.२०७८ पुस १७ शनिवार

876 

shares

फूल्छन् सुस्केराहरू
पुर्विया हावाले रेटेर
पछुवाको ताजन सहँदै
त्यो अनन्त घाम
अविरल बहुला झरी
पुष माघको चीसो शीतलहर
आदिले
मौसम अनुपात बजार भर्छन्
गाउँले छोरीको थाप्लोलाई मैदान बनाएर
त्यो खजुरलाई जस्तै ।

ऊ भन्न चाहान्छे
ऊ सुनिरहिछे
ऊ छेउकै खजुर
ऊ बुझिरहिछे
अलिक परको ताडीको मार्मिकता ।
खजुरले खाप काटिएर चुहाको वैसले
बुद्धेलाई मस्ति बनाए जस्तै
एकदिन
कसैले उमङ्गीत बनेर लोग्ने पछि सन्तानको बाउ बन्नलाई
उसको काँचो अस्मिता फोर्ने अधिकार पाउने होला
समाजिक रोहोबरमा एक चिम्टी सिँदुरले लेखेको सहमतिले ।
तर
एउटा चुनौती
मालिकको गिद्धे आँखाबाट
सलले छोपेर
कहिलेसम्म बचाउनु सक्ली
दुइटा ढुकुर जस्ता स्तनको उमेर र
आमा बन्ने सौभाग्यको ढोका ।

अझै घायल बनेकी थिइ
खजुर जस्तै
पछ्यौरी खस्दा
जोत्दै गरेको रामु काकाको खोपिल्टे आँखा
आएर तीनै ढुकुरमा अल्झे पछि ।

कति छोप्नु
कति अप्ठ्यारो महसुस गर्नु
यो कामुकताको संसार
ऊ सोंच्थी सन्तान उत्पादन भूइँ मै बलात्कर त हुँदिनँ ।

 

तँ
आइमाई
वरदान होस कि श्राप
तँ स्तन विभेद पूर्ण रहेर पनि सन्तान पाल्दैछस्
तँ कान किन रहर गर्छस् यति धेरै संस्कृतिको
भार बोक्न ?
तँ नाक चोटैचोट बोकेर किन आफै ठडिने रहर गर्छस्
उसलाई सोध्न मनलागेको धेरै भयो
जीवन सिकाउने प्रथम शिक्षिका, दिदी र
आमासँग
किन डरलाग्न थाल्यो मलाई
आफ्नै
बुबा र दाजुसँग ।

छिः
कति लुकाउनु
तातो घामको पेलन
जेठ असारको लू बनेको हावामा पनि
केवल सहनु अरे
खजुरले जस्तै
हामी नारी भए पछि ।

प्रश्न तेर्साउथी आमासँग
बुबा एउटै कट्टुमा नाँगो बनेर गर्मी पछार्नु हुन्छ
बाजेको कुरै छोडौँ
बजैमा अलिकति सहुलियत छ चुम्री सकेको छाला देखाउन
दाजु भाई पनि अर्धनग्न घुम्छन्
छोरी,बुहारी र आमाले मात्रै घरको इजत धान्न गुम्सि दिनुपर्ने ?
यो कस्तो सभ्यता हो
यो कस्तो संस्कृति हो
अरुकै लागि पीडा सहिदिनु अरे
खजुरले जस्तै ?

उसको मनभित्र हुण्डरी मडारिन्छ
खजुरले हरेक मौसममा ताछिनु परे जस्तै ।

तँ
आइमाई
वरदान होस कि श्राप
तँ स्तन विभेद पूर्ण रहेर पनि सन्तान पाल्दैछस्
तँ कान किन रहर गर्छस् यति धेरै संस्कृतिको
भार बोक्न ?
तँ नाक चोटैचोट बोकेर किन आफै ठडिने रहर गर्छस्
उसलाई सोध्न मनलागेको धेरै भयो
जीवन सिकाउने प्रथम शिक्षिका, दिदी र
आमासँग
किन डरलाग्न थाल्यो मलाई
आफ्नै
बुबा र दाजुसँग ।

अझै प्रश्न गर्न मन लाग्दैछ सरकारसँग
बलत्कारी थुन्ने कस्तो खोर
बनाउदैछौ ?

छोराले जस्तो
छोरीले पनि छाती फुकाएर
हिँड्न पाइन्छ कि पाइँदैन
छोरी असुरक्षित बस्नपर्ने
दिनको अन्त कहिले हुने हो ?

प्रश्नका ओइरो लाग्छ फूलकुमारीको मनभरि
खेतको डीलमा बसेर
यसरी मनको आवेगले कुत्कुत्याई रहँदा
सर्टको टाँक खोलेर छाती ह्वाङ्गै पार्दै
समिज पनि खोलेर
दुइटा ढुकुर जस्ता स्तनलाई उदाङ्गो बनाएर
भन्यो
कति लजाएर अनि छोपिएर बस्छस्
हेर खजुरको पीडा
उता हेर आमाको पीडा भन्दै फर्किदा
आमाले देख्यो

आतिँदै आएर सर्टका टाँकहरू लगाई दिदै
कराइन् ’बौलाहीस् के हो ?’
यता उति हेर्दै फेरि आमाले भनिन्
’धन्न कसैले देखेनन् । नत्र हाम्रो नाक जान्थ्यो ।’

म बिहे गर्दिन ‘तपाईंले झैँ दिनरात लोग्नेको कुटाइ खान छैन ।’

अहिले भन्छेस् कुनदिन टाप कस्छेस्
मायाको घोडासँग ।

उसले झल्यास्स सम्झ्यो रोजनको
स्पर्शको आनन्द ।।

टंकबहादुर आलेमगर
त्रियुगा नपा ११ संगमटोल, उदयपुर
१ नम्बर प्रदेश

वि.सं.२०७८ पुस १७ शनिवार ०९:०१ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...