back
CTIZAN AD

मुक्तक

वि.सं.२०७८ पुस १७ शनिवार

951 

shares


दोबाटोमा छोड्न सक्छ्न् भर नपर्नू
कोमल मुटु फोड्नसक्छन् भर नपर्नू
चोखोमाया बिर्सिनेले टाढा हुँदाखेरि
अन्तै घरबार जोड्नसक्छ्न् भर नपर्नू ।


खबरदार तिम्रो हाताभित्र छोप्न नखोज
अँध्यारो कालो छाताभित्र छोप्न नखोज
उडान भर्नुछ अक्षरका पखेटा फिँजाई
रङ्गिबिरङ्गी गाताभित्र छोप्न नखोज ।


बाटो फेरेँछु ब्यर्थैमा यात्रा रोकियो नभन्नू
तिमी बिना जिन्दगी अधुरो भैदियो नभन्नू
धर्ती छाडेर तारा रोज्ने तिम्रै रहर त हो नि
मेरो भाग्यमा थिएन र त पोखियो नभन्नू ।


घरबेटीले नदेख्ने गरी भित्र छिर्नुपर्छ सरकार
गत वर्षकै उधारो भाडा तिर्नुपर्छ सरकार
यो बेरोजगारीले लाचारै बनायो आजभोलि
यहाँ आफ्नै सपनामा आफैं गिर्नुपर्छ सरकार ।


औकात बराबरी मिल्ने खोजेर जानेको
पैतालामा फूल परोस् छाती टेकेर जानेको
फुटपाथ बाटै उठेको मान्छे म फेरि उठूँला
महलमै बास होस् सम्बन्ध बेचेर जानेको ।

जेके तिम्सिना, हल्दिबारी-१ गोलधाप, झापा

वि.सं.२०७८ पुस १७ शनिवार ०९:०३ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...