back
CTIZAN AD

क्यानले बोलाएको बन्द प्रशिक्षण गएनन् ११ खेलाडी

वि.सं.२०७८ पुस १८ आइतवार

720 

shares

१८ पुष, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले कारबाही गरेका खेलाडीहरू बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् । वर्गीकरणको विषयमा असन्तुष्टि जनाउँदा स्पष्टिकरण सोधेर कारबाही गरिएका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी प्रशिक्षणमा नगएका हुन् ।

कारबाहीमा परेका खेलाडीकाे समर्थनमा रहेका करण केसी, कुशल भुर्तेल, बिनोद भण्डारी, रोहितकुमार पौडेल, सुसन भारी, अविनाश बोहोरा र नन्दन यादव पनि बन्द प्रशिक्षणमा गएका छैनन् ।

क्यानले गरेको क्रिकेट खेलाडीको वर्गीकरणमा असन्तुष्टि जनाएकै कारण ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई क्यानले ६ महिना तलब नदिने निर्णय गरेको थियो ।

क्यानले फेब्रुअरीमा हुने आइसीसी टी-२० विश्वकप छनोटका लागि ३० खेलाडीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएको थियो ।

वि.सं.२०७८ पुस १८ आइतवार ११:१२ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...