back
CTIZAN AD

जिल्लाकै पहिलो ‘डिजिटल गाउँपालिका’

वि.सं.२०७८ पुस १८ आइतवार

1.2K 

shares

बलेवा । बागलुङको काठेखोला गाउँपालिका ‘पेपर लेस’ गाउँपालिका बनेको छ । कार्यालयबाट सम्पादन हुने सबै काम अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने काठेखोला जिल्लाकै पहिलो गाउँपालिका हो ।

दश स्थानीय तह रहेको बागलुङमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्याङ्कनमा काठेखोला सूचना प्रविधिमा पहिलो भएको थियो । गाउँपालिकाले आफूलाई ‘डिजिटलाइज’ गाउँपालिका घोषणा गरेर अभियान थालेको थियो । ‘डिजिटल गाउँपालिका’ बनाउने अभियानअन्तर्गत कार्यापालिकाको कार्यालयदेखि वडा तहसम्मका सबै काम अनलाइन प्राणालीमार्फत गर्न थालिएको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले बताए ।

“विभिन्न घटना दर्तादेखि पञ्जीकरणका काम सबै वडाबाट अनलाइन प्रविधिमा प्रविष्ट गर्ने हाम्रो गाउँपालिका देशकै पहिलो हो”, अध्यक्ष थापाले दाबी प्रस्तुत गर्दै भने, “आधिकारिक जानकारी दिने निकाय त कोही छैन, तर पञ्जीकरणका काम अनलाइन प्रविधिमा भएको यसअघि हामीबाहेक अरु कोही छ भन्ने हामीलाई लाग्दैन ।”

गाउँपालिकाको राजश्व सङ्कलनको कामसमेत अनलाइन प्रविधिबाट गर्ने गरेको छ । निर्माणका काममा उपभोक्ता समितिको विवरणदेखि कर्मचारीको हाजिरीसम्मका काम सबै अनलाइन प्रणालीमा छन् । “गाउँपालिकाको चित्र बोल्ने डिजिटल प्रोफाइल हामीले तयार गरेका छौँ”, थापा भन्छन्, “अब किसानका उत्पादनदेखि बजारीकरणका लागि आवश्यक कृषि एपको तयारीमा छौँ ।”

विद्यालय, स्वास्थ्य संस्था र अन्य विषयगत शाखामार्फत सञ्चालन हुने कार्यालयसमेत अनलाइन प्रविधिको सहायता सञ्चालनको तयारी भइरहेको थापाले बताए । “पाँच वर्षको अवधिमा हामीले प्रविधिका क्षेत्रमा फड्को मारेका छौँ, यो हाम्रा लागि सुखद पक्ष हो”, गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछानेले भने, “कम्तीमा हामीले आत्माग्लानी हुने काम गरेका छैनौँ, कुनै न कुनै क्षेत्रमा हामी अब्बल छौँ भन्ने कामले देखाउनेछन् ।”

भौगोलिक विकटताका बाबजुद गाउँपालिकाले सबै वडामा बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ । बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डिजिटल तथ्याङ्क रहने गरी सामाजिक सुरक्षाभत्ता गाउँगाउँमा पुगेको सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यप्रगति र तथ्याङ्क समयमा अद्यावधि गरेका कारण पटकपटक उपहारस्वरुप थप बजेट प्राप्त गरेको उदाहरण गाउँपालिका अध्यक्ष थापाले सुनाए । “प्रविधिको प्रयोग गरेर काम गर्दा धेरै सहज र सरल हुन्छ, सुरुआत गर्न कठिन हो, काम थालेपछि सहज हुन्छ”, अध्यक्ष थापा भन्छन्, “हामी जिल्लाभरका पालिकाका लागि उदाहरण बनेका छौँ, गाउँपालिकाले विदेशमा रहेका नागरिकको डिजिटल तथ्याङ्क तयारीको कामसमेत थालेको छ ।”
रासस

वि.सं.२०७८ पुस १८ आइतवार १२:१० मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...