back
CTIZAN AD

हिउँमा आन्तरिक पर्यटकको घुइँचो

वि.सं.२०७८ पुस १८ आइतवार

651 

shares

रुकुमपूर्व । रुकुमपूर्वमा हिउँ हेर्ने आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । गत मङ्गलबारदेखि बुधबारसम्म भएको हिमपातपछि हिउँ हेर्न भन्दै जिल्लाका विभिन्न ठाउँमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । अहिले जिल्लामा कतिपयलाई हिउँ हेर्न, हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ छ भने कतिपयलाई लामो समयपछि भएको वर्षाका कारण खेतबारीमा खनजोतको काम भ्याइनभ्याइ भएको छ ।

जिल्लाको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रमा परेको हिउँ हेर्न जाने गर्दछन् । विगतका वर्षमा रुकुमपूर्व, रोल्पा र बागलुङको सिमाना पातीहाल्नामा आन्तरिक पर्यटकको ओइरो लाग्ने गर्दथ्यो । अहिले भूमे गाउँपालिका–१ को लुकुम आसपास क्षेत्रमा हिउँ खेल्नेको भीड देख्न सकिने लकुमकी सीता मगरले बताउनुभयो । अहिले हिउँ हेर्न जाने र ओहोरदोहोर गर्नेको चहलपहलले भूमेमा रौनकता थपिएको उहाँले जानकारी दिनुभयो । तमु ल्होसारका कारण सार्वजनिक बिदा भएपछि सरकारी कर्मचारी पनि हिउँ खेल्न रुुकुम पुगेका थिए ।

“हिउँ खेल्न भनेर रुकुमकोटबाट गइयो, निकै चिसो थियो”, रुकुमकोट जिल्ला अदालतका निर्मला शर्माले भन्नुभयो, “रुवा जसरी हिउँ परिरहेको दृश्य निकै रमाइलो थियो ।” चिसोलाई बेवास्ता गर्दै परिरहेको हिउँमा झुमेर फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउने आ–आफ्नै तालमा रमाइरहेको दृश्य देख्दा खुब आनन्द आएको उनले बताए । अहिले पनि मानिस क्यामेरा भिरेर हिउँसँगैको फोटो खिच्न र भिडियो बनाउन भन्दै रुकुम आसपासको क्षेत्र रुपगामा पुग्ने गरेका छन् । “कसैलाई हिउँमा आफ्नो नाम कोरेर फोटो खिच्न भ्याइनभ्याइ छ”, हिउँ खेल्न रुपगामा उगेका उमेश कुँवरले भने, “कोहीलाई हिउँको विभिन्न आकृति बनाएर फोटो खिचाउन ठिक्क छ ।” हिउँ उराल्ने, टिकटक बनाउने र फेसबुक सेताम्य बनाउनेको जमात बढेको उनको भनाइ छ ।

भूमे गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सञ्जीव खड्काले अहिले रुपगामा रुकुमकोट र रुकुमपश्चिमका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक पुग्ने गरेको बताए । जिल्ला प्रशासन कार्यालयले भने स्थानीय तहसँगको सहकार्यमा बाटोमा जमेको हिउँ पन्छाउन सुरु गरेको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका जाने बाटोमा पनि बाक्लो हिउँ जमेको छ । त्यहाँको बाटो सञ्चालन गरिएको छ । बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत गर्ने गरेका छन् ।

वि.सं.२०७८ पुस १८ आइतवार १४:५७ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...