back
CTIZAN AD

एक महिनामा ३० हजार मतदाता थपिए

वि.सं.२०७८ पुस १९ सोमवार

708 

shares

मोरङ । एक महिनामा ३० हजार मतदाता थपिएका छन् । फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने क्रममा मोरङमा ३० हजार मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय मोरङका अनुसार गत मङ्सिर १७ गतेदेखि यही पुस १८ गतेसम्म प्रत्येक पालिकामा निर्वाचन मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो । सो अभियानअन्तर्गत नामावली सङ्कलनमा छुटेका मतदातालाई सहभागी गराउन जिल्लाको चार स्थानमा यही २० गतेदेखि पुस २९ गतेसम्म सो अभियान सञ्चालन रहने प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा जानकारी गराइयो ।

मतदाता नामावली सङ्कलनको लागि थपिएको समयमा इलाका प्रशासन कार्यालय रङ्गेली, इलाका प्रशासन कार्यालय उर्लाबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र निर्वाचन प्रदेश कार्यालय विराटनगर मतदाता नामावली सङकलनको काम हुने प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए ।
उनले जिल्ला प्रशासन कार्यालय र प्रदेश निर्वाचन कार्यालयमा नियमित फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने काम भइरहेको भएपछि छुट भएका मतदातालाई सहभागी गराउन थप जनशक्तिसहितको एकाइ चारवटै स्थानमा थपेर नामावली सङ्कलन गर्ने र यसका लागि प्रत्येक राजनीतिक दलले सहयोग एवं सहजीकरण गरिदिन आग्रह गरिएको छ ।

एक महानगरपालिकासहित १७ पालिका र छ निर्वाचन क्षेत्र रहेको मोरङमा छ लाख ६९ हजार मतदाता थियो भने यो अभियान सञ्चालन भएपछि मतदाता थपिएको बताइएको छ ।
रासस

वि.सं.२०७८ पुस १९ सोमवार ११:३४ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...