back
CTIZAN AD

एसियन सेन्ट्रल जोन भलिबल उपाधि विजेता खेलाडीलाई सम्मान

वि.सं.२०७८ पुस २० मंगलवार

600 

shares

२० पुष, काठमाडौँ । गण्डकी प्रदेश सरकारले बङ्गलादेशमा गत साता सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले आज मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नेपाली राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी एसियन सेन्ट्रल जोन भलिबलमा उपाधि जित्ने टोलीका सदस्य खेलाडीहरुलाई नगद जनही रु ५० हजार तथा प्रशंसापत्रबाट सम्मान गरेको हो ।

युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे), प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्यवकुमार गुरुङ र परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले खेलाडीहरुलाई नगद, प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरे ।

नगदसहित पुरस्कृत हुने खेलाडीहरुमा राष्ट्रिय टोलीका कप्तान अरुणा शाही (म्याग्दी), साफिया पुन (बाग्लुङ), उषा भण्डारी (तनहुँ) र शान्तिकुमारी थारू (नवलपरासी) हुन । सो अवसरमा नेपाल भलिबल सङ्घका कार्यवाहक अध्यक्ष एवं टोलीका व्यवस्थापक यामबहादुर गुरुङलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितेर गण्डकी प्रदेश र देशकै नाम राख्न सफल भएकामा खेलाडीहरुलाई सम्मान गरिएको मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले बताए ।

नेपाली महिला भलिबल टोलीले गत साता बङ्गलादेशमा भएको सो प्रतियोगितामा फाइनलमा बलियो उज्बेकिस्तानलाई पराजित गर्दै उपाधि रक्षा गरेको थियो । यसअघि सन् २०१९ मा सम्पन्न सो प्रतियोगिताको पहिलो संस्करण पनि नेपाली टोलीले जितेको थियो ।

सम्मान कार्यक्रममा मन्त्री गुरुङले खेलकुद पर्यटनलाई सरकारले प्राथमिकता राखेको बताउनुभयो । खेलाडी प्रोत्साहन, क्षमता विकास, प्रशिक्षणलगायतका कार्यक्रमका लागि मन्त्रालयमा बजेट अभाव रहे पनि सीमित साधन स्रोतका साथ मन्त्रालय खेलकुद विकासमा अघि बढेको उहाँले बताउनुभयो ।

सदस्यसचिव गुरुङले खेलाडीको हौसला बढाउन र प्रोत्साहनका लागि सम्मानले योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली महिला भलिबल टोलीका कप्तान शाहीले गण्डकी प्रदेशमा खेलाडी उत्पादन भए पनि लामो समयसम्म संरक्षण गर्न नसकिएको बताउनुभयो । उहाँले भने, “विगतमा नेपाली महिला भलिबल गण्डकी क्षेत्रले धानेको अवस्था थियो तर पछिल्लो समय खेलाडी उत्पादन र टिकाउन कठिन रहेको छ । खेलपछिको जीवनको सुनिश्चितता नहुँदा पलायन हुने अवस्था रहेकाले यसमा सरकारलाई ध्यान दिन आग्रह गर्दछु ।”

वि.सं.२०७८ पुस २० मंगलवार १०:३७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...