२० पुष, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनीका संचालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए । सभाले चुक्ता पूँजीको १२ दशमलब ७० प्रतिशत बोनस शेयर तथा ० दशमलब ६६८४ प्रतिशत नगद लाभांश गरी १३ दशमलब ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक रसर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह बाट कृति टिवडेवाल तथा बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका छन् ।
कम्पनीले चालु आ.व. ०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १ सय ३५ शाखा सञ्जालमा रहेका ४९ हजार ७ सय १७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट २० करोड १८ लाख ५७ हजार १ सय ३१ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी २९ करोड १८ लाख ६७ हजार ३ सय १० रुपैयाँ गरेको जनाएको छ ।
वि.सं.२०७८ पुस २० मंगलवार १०:४० मा प्रकाशित

























