back
CTIZAN AD

आगलागीबाट दशकोठे विद्यालय भवन ध्वस्त

वि.सं.२०७३ फागुन २६ बिहीवार

837 

shares

२६ फागनु, म्याग्दी । बेनी नगरपालिका–१३ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा विहिबार साँझ भएको आगलागीबाट १० कोठे भवन जलेर नष्ट भएको छ ।

आगलागीबाट विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठामा पूर्ण रुपमा क्षति पुगेको छ । विद्यालयमा जडान गरिएको विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्वपूर्ण दस्तावेजहरु जलेर नष्ट भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त भवनमा अत्याधिक काठको प्रयोग गरिएकाले आगोले भिषण रुप लिएको थियो । स्थानीयवासी, प्रहरी र नेपाली सेनाले करिब तीन घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १७४ जना बालबालिका अध्ययनरत रहेका छन् । विद्यालय भवनमा आगलागी भएपछि पठनपाठन प्रभावित हुने भएको छ ।

वि.सं.२०७३ फागुन २६ बिहीवार ०२:५० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...