Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

हाम्रा फुटवेरहरु कुनै कुरामा पनि अन्य देशको उत्पादनको तुलनामा कमजोर छैनन्



rabin-kumar-shrestha--1रविनकुमार श्रेष्ठ
अध्यक्ष, फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल

तथा
सञ्चालक, कोसेली फुटवयेर

नेपालको जुत्ता उत्पादनको स्थिति के छ अहिले?
नेपालको फुटवेयर उत्पादनको स्थिति विगतमा भन्दा क्रमशः बढ्दै गएको छ । बजारमा नेपाली फुटवेयर प्रतिको चासो बढ्दै गएको छ । यो हाम्रा लागि सुखद् पक्ष हो । यो संस्थाको स्थापना हुनुभन्दा अगाडि नेपाली उत्पादनले ३५ देखि ४० प्रतिशत बजारको हिस्सा ओगटेको थियो । तर अहिले कुलबजार मागको ६५ देखि ७० प्रतिशत बजार हिस्सा नेपाली फुटवेयरले ओगटेको छ । विनासकारी भूकम्प र भारतीय नाकाबन्दीको कारणले नेपाली फुटवेयरको बजार हिस्सा ४० देखि ५० प्रतिशततर्फ ओरालो लागेको थियो यो अवस्था अहिले २०७३/७४ सम्म आउँदा बिस्तारै सुधार हुँदैछ ।

हाम्रो उत्पादन घटेको हैन की बजार माग बढेको छ । त्यसको परिपूर्ति चाहिँ आयातित फुटवेयरले गरिरहेको जस्तोे देखिएको छ । यसको कारण खुल्ला सिमाना र भन्सारबाट न्यून विजकीकरण भएर आउने, यो हाम्रा लागि एक्दम घातक हो । महँगो उत्पादनहरु सस्तो मुल्याङ्कन भएर भित्रिने गरेका कारणले गर्दा नेपाली फुटवेयर उत्पादकहरुलाई समस्या परेको छ ।

उपभोक्ताहरु नेपाली उत्पादनबाट सन्तुस्ट हुनसकेका छैनन् भन्ने छ नी ?
आरोप लगाउन सजिलो छ । तर म यो कुरालाई स्विकार गर्ने पक्षमा छैन । कतिपय व्यक्तिहरुलाई त्यस्तो लाग्न सक्छ । तर आम मानिसमा हाम्रो उत्पादनमा सन्तुष्टी छ र आकर्षण पनि बढ्दो छ । जसको उदाहरण गत पुस महिनामा हामीले गरेको औद्योगिक प्रदर्शनी पनि हो । त्यसमा नेपाली उपभोक्ताहरुको १५० मिटर भन्दा लामो लाईन नै लागेको थियो । यो नै आरोप लगाउनेहरुका लागि उत्तर हो जस्तो लाग्छ ।

रविनकुमार श्रेष्ठ अध्यक्ष, फुटवयेर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल सञ्चालक, कोसेली फुटवयेर

तपाईंले यसो भनिरहँदा विदेशबाट आयात गरीएका फुटवेयरको प्रतिस्थापन किन हुन सकिरहेको छैन त भन्ने कोणबाट पनि यो प्रश्न उठेको जस्तो लाग्दैन ?
तपाईंले भनेको कुरा ठिक हो । पछिल्लो पटकको नाकाबन्दि र भूकम्पका कारणले भारत र चीनबाट आयात हुने फुटवेयरको परिमाण बढेकै हो । त्यो भन्दा पहिला पनि त्यतैबाट आउँथ्यो । अहिले पहिलाको तुलनामा अलिक बढी मात्रामा हो । तर हाम्रो उत्पादन घटेको हैन की बजार माग बढेको छ । त्यसको परिपूर्ति चाहिँ आयातित फुटवेयरले गरिरहेको जस्तोे देखिएको छ । यसको कारण खुल्ला सिमाना र भन्सारबाट न्यून विजकीकरण भएर आउँछ, यो हाम्रा लागि एकदम घातक हो । महँगा उत्पादनहरु सस्तो मुल्याङ्कन भएर भित्रिने गरेका कारणले गर्दा नेपाली फुटवेयर उत्पादकहरुलाई समस्या परेको छ । चाइनाबाट आउने सामानहरु भन्सारै नतिरी ठेक्का सिस्टममा भित्र्याइने गरेका कारणले पनि नेपाली उत्पादकहरुलाई समस्या परेको छ । ठेक्का सिस्टमबाट आयात हुने प्रक्रिया अपारदर्शि छ । नेपाल सरकार भन्सार विभागले यो कुरामा ध्यान दिनु पर्दछ ।

जस्तोसुकै अवस्था भएपनि हामीले आयात त गर्नु नै परिहाल्छ । जस्तै औपचारिक कार्यक्रमहरुमा लगाउने जुत्ताहरुमा, पार्टी शुजहरुमा गाईको छालाको प्रयोग हुन्छ । साँस्कृतिक, भौगोलिक लगायतका कारणले नेपालमा गाईको छाला पाउँदैन । भैसिको छाला र बाख्राको छालामा चाहिँ केहि हदसम्म भएपनि आफूलाई आत्मनिर्भर बनाएका छौँ । तर फुटवेयरमा शतप्रतिशत नै प्रतिस्थापन भन्ने कुराचाहिँ संसारमा कहिँ पनि हुंदैन ।

यहाँका उद्योगहरुलाई चाहिने कच्चा पदार्थहरु कहाँबाट कसरी आपूर्ती गरिरहनु भएको छ ?
फुटवेयरको लागि चाहिने विभिन्न कच्चा पदार्थहरु अहिले नेपालमै उत्पादन भैरहेको छ । एक जोर जुत्तामा लगभग ४०/४२ आईटम प्रयोग हुन्छ । त्यस मध्ये धेरै कुराहरु नेपाल मै बन्न सुरु भएको छ । जुत्ताको सोल नेपालमै बन्न थालेको छ । एक दुई बर्ष भित्रमा हामी सोलमा सत प्रतिशत आत्मनिर्भर बन्न सक्छौं । छालाको सन्दर्भ अलिक फरक छ यसका विभिन्न कारण छन् । पछिल्लो समय छाला जस्तै देखिने सेन्थेटिकको प्रयोग बढ्दै गएका कारणले छालाको जुत्ता चप्पललाई प्रतिस्थापन गर्दै गएको छ । हेटौंडामा रहेको यति पोलिमर उद्योगले छालाको विकल्पको लागि कच्चा पदार्थ उत्पादन गर्दछ ।हिजोका दिनमा कच्चापदार्थमा ५० प्रतिशत ६० प्रतिशत आत्मनिर्भर बन्ने कुरा आउँथ्यो तर अब हामीले ८० प्रतिशत ९० प्रतिशत आत्मनिर्भर हुने तयारी गरिराखेका छौं ।
नेपालले यो परनिर्भरताबाट मुक्ति पाउँछ ?
शतप्रतिशत भन्ने त कहिँ पनि हुँदैन । किनकी यो ग्ल्यामर्सको चिज हो । जस्तोसुकै अवस्था भएपनि हामीले आयात त गर्नु नै परिहाल्छ । जस्तै औपचारिक कार्यक्रमहरुमा लगाउने जुत्ताहरुमा, पार्टी शुजहरुमा गाईको छालाको प्रयोग हुन्छ । साँस्कृतिक, भौगोलिक लगायतका कारणले नेपालमा गाईको छाला पाउँदैन । भैसिको छाला र बाख्राको छालामा चाहिँ केहि हदसम्म भएपनि आफूलाई आत्मनिर्भर बनाएका छौँ । तर फुटवेयरमा शतप्रतिशत नै प्रतिस्थापन भन्ने कुराचाहिँ संसारमा कहिँ पनि हुंदैन । भारत चीन लगायतका देशहरुले पनि कतिपय कुराहरु अन्यत्रबाट आयात गर्नुपर्ने हुन्छ ।
तपाईंहरुले नेपाल सरकारसँग कस्तो अपेक्षा गर्नुभएको छ ?
हामीले फुटवेरका लागि छट्टै औद्योगिक क्षेत्रको माग गरेका छौँ । जसलाई सरकारकोे कार्यदल कार्यान्वयनको प्रक्रियामा लगेको छ । हामीले नेपाली निर्यातजन्य उद्योगहरुलाई विशेष अवसर प्रदान गर्ने गरी अहिले वाणिज्य मन्त्रालयले नेपाल राष्ट्रिय व्यापारीक रणनीति (एनटीआईएस) भनेर एउटा अवधारणा ल्याएको छ । सरकारले पहिलो पटक सन् २०१० मा यस्तो कार्यक्रमको आयोजना गरेको थियो भने सन् २०१६ मा पनि त्यस्तै कार्यक्रम गरेको थियो । यसपटक नेपालमा उत्पादित बाह्रवटा निर्यातजन्य वस्तु मध्ये छालाजन्य र फुटवेयरलाई समावेश गरिएको छ । यो हाम्रा लागि सकारात्मक पक्ष हो । हामीले सरकारसँग नेपालमा नै दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय खोल्न माग गरेका छौँ । यस बिषयमा सरकारले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन तीन चरणमा के के गर्न सकिन्छ भनेर योजना ल्याएको छ ।

अल्पकालमा दक्ष जनशक्ति तयार गर्नको लागि कोर्ष अफ स्टडि तयार गर्ने, मध्यकालमा दक्ष जनशक्ति तयर गर्नको लागि पूर्वाधार तयार गर्ने तथा दिर्घकालमा फुटवेयरलाई छुट्टै औद्योगिक क्षेत्र बनाउनका लागि तयारी भैरहेको छ । अहिले पनि कतिपय जुत्ता उद्योगहरु परम्परा धान्ने किसिमले घरको कोठामा स्थापना गरिएका छन् । त्यसकारण हामीसँग कति उद्योगहरु छन् भन्ने तथ्याङक राख्न पनि अफ्ठ्यारो भएको छ । यस्ता उद्योगहरुबाट सरकारलाई राजस्व उठाउन पनि गाह्रो भैरहेको छ । नेपालमा अहिले प्रतिदिन ४ देखि ४० हजार जोर जुत्ता उत्पादन गर्ने उद्योगहरु छन् त्यसको लागि एउटा छुट्टै औद्योगिक क्षेत्रको आवश्यकता छ ।
नेपाली फुटवेरको निर्यातको स्थिति के छ ?
आर्टिफिसियल लेदरको कारणले गर्दा संसारभरि नै छालाजन्य फुटवयेरको मागमा कमि आएको छ । नेपालमा उत्पादन हुने छालाजन्य फुटवेयर उद्योगले नेपाली फुटवेयरको निर्यात पनि केहि उद्योगहरुले गरिरहेका छन् । निर्यातको स्थिति विगत भन्दा राम्रो छैन । निर्वाहमुखी रुपमामात्र लेदरलाई पूर्णरुपमा फिनिसिङ नगरिकन ‘रेगन रेटलुक’को आधारमा चीन, भियतनाम तथा भारतमा निर्यात भईरहेका छन् ।

पछिल्ला ५/६ बर्ष यता हामीले आफैँ तालिमहरु दिएर तथा कसैको परम्परा धान्ने पेशाको रुपमा मात्र हैन भन्ने सचेतना अपनाएका कारणले अहिले ठूला उद्योगहरुले कामदार बाहिरबाट ल्याउनु परेको छैन। तर नेपालबाट युवाहरु विदेश जाने लर्को नै चलेको हुँदा विदेशमा भन्दा यहाँ बढि पैसा कमाउन सक्ने सम्भावना हुँदाहुँदै पनि बिदेश नै जान्छन् ।

नेपाली उद्योगहरुमा कामदारहरु बिदेशी ल्याउने चलन छ । यहाँबाट दशौं लाख युवाहरु अदक्ष कामदारको रुपमा बिदेश जाने गर्दछन्, के यसलाई रोकेर नेपालीलाई नै रोजगार दिलाउन सक्नु हुन्न ?
आजभन्दा २० बर्ष अगाडी कि बाँसबारी छालाजुत्ता उद्योग थियो कि त परम्परागत जुत्ता उद्योग । पुरानो पुस्ताले जेनतेन धाने पनि नयाँ पुस्ता परम्परागत उद्योगमा सन्तुष्ट हुन सकेनन् र जुत्ता उद्योगहरुमा कामदार आयात गर्नुपर्ने अवस्था आएको हो । तर पछिल्ला ५/६ बर्ष यता हामीले आफैँ तालिमहरु दिएर तथा कसैको परम्परा धान्ने पेशाको रुपमा मात्र हैन भन्ने सचेतना अपनाएका कारणले अहिले ठूला उद्योगहरुले कामदार बाहिरबाट ल्याउनु परेको छैन् ।तर नेपालबाट युवाहरु विदेश जाने लर्को नै चलेको हुँदा विदेशमा भन्दा यहाँ बढि पैसा कमाउन सक्ने सम्भावना हुँदाहुँदै पनि बिदेश नै जान्छन्  । अहिले संघ कै तर्फबाट हामीले महिलाहरुलाई तयार गरिराखेका छौँ । हाम्रो धेरै उद्योगहरुमा पुरुष भन्दा महिला नै बढि कामदारहरु छन् । महिलाहरु त्यतिधेरै बैदेशिक रोजगारमा नजाने हुँदा पनि काम दिगो हुन्छ ।
नेपाली जुत्ता उद्योगीहरुले भोग्नु परेका समस्याहरु के के छन ?
दक्ष जनशक्ति नहुनु नै हाम्रो मुख्य समस्या हो । त्यसका लागि हामीलाई एउटा ट्रेनिङ इन्स्टिच्यूटको आवश्यकता छ । हाम्रोमा युनियन समस्या पहिलाको तुलनामा कम छ तर समस्या अझै छ । हामीले कामदारहरुलाई सरकारले तोकेको भन्दा पनि राम्रो तलब सुबिधा दिएका छौँ । चोरी पैठारी र न्यून विजकीकरण हाम्रा उद्योगहरुको लागि ठूलो समस्या हो । गोटा गन्ति र नापको आधारमा आयात गरिने वस्तुहरु सोल, छाला लगायतका सामानहरु किलोको आधारमा भन्सार मूल्याङ्कन हुने कुराको अन्त्य हुनुपर्दछ ।
अन्त्यमा केहि भन्नु छ कि ?
पछिल्लो दसबर्षमा नेपाली उत्पादकलाई यहाँका उपभोक्ताहरुले अपार माया दिनुभएको छ । भरोसा गर्नुभएको छ, त्यसप्रति म हार्दिक आभार व्यक्त गर्न चाहान्छु । मूल्यमा, गुणस्तरमा र आकर्षणमा हामीले उत्पादन गरेका फुटवेरहरु कुनै कुरामा पनि अन्य देशको उत्पादनको तुलनामा कमजोर छैनन् । ढुक्क भएर नेपाली उत्पादनको प्रयोग गर्नुहुन अनुरोध गर्दछु ।
प्रस्तुती : राजेन्द्र बराल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको