काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ । माओवादीको आठौं महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा चयन भएकोमा अमेरिकाले बधाई दिएको हो ।
काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुनः अध्यक्ष भएकोमा बधाई दिएको हो ।
Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his re-election as the Chairman of the CPN (MC). The U.S. remains committed to democracy around the world and the democratic processes of Nepal.
— U.S. Embassy Nepal (@USEmbassyNepal) January 4, 2022
“नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन हुनु भएकोमा प्रचण्डलाई बधाई ! अमेरिका संसारभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाका लागि प्रतिवद्ध छ”, ट्वीटमा भनिएको छ ।
आइतबार सम्पन्न माओवादीको आठौं महाधिवेशनले प्रचण्डलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको थियो । प्रचण्ड तीन दशकदेखि निरन्तर अध्यक्ष छन् ।
वि.सं.२०७८ पुस २० मंगलवार १२:३३ मा प्रकाशित






























