back
CTIZAN AD

एकसय ७० लिटर अवैध घरेलु मदिरा नष्ट

वि.सं.२०७८ पुस २० मंगलवार

732 

shares

डोटी । जिल्ला प्रहरी कार्यालयले स्थानीय विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-९ पाण्डुसैन घर भई हाल दिपायल-सिलगढी नगरपालिका-७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसालगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।
रासस

 

वि.सं.२०७८ पुस २० मंगलवार १२:२८ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...