back
CTIZAN AD

राष्ट्रियसभा निर्वाचन : कुन दलबाट उम्मेदवार को ? (सूचीसहित)

वि.सं.२०७८ पुस २० मंगलवार

570 

shares

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता जारी छ । सात वटै प्रदेशका निर्वाचन कार्यालयमा मंगलबार बिहानैदेखि मनोनयन दर्ताको काम भईरहेको छ ।

निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटमा प्रतिस्पर्धा हुनेछ ।

गठबन्धनका दलहरुले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागवण्डा गरेर चुनाव लड्ने तयारी गरेका छन् । एमालेले यसअघि जितेको ८ सिटमध्ये कांग्रेसलाई ३, जनता समाजवादी पार्टीलाई २ र माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले १/१ सिटमा भागवण्डा गरेका छन् ।

गठबन्धनभित्रका दलहरु एक ठाउँमा र एमाले एकल हुँदा एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाएको छ ।

आगामी फागुन २० मा एमालेका ८, एकीकृत समाजवादीका ४, माओवादी केन्द्रका ४, कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

कुन दलबाट को छन् उम्मेदवार ?

कांग्रेसका उम्मेदवार

प्रदेश १
गोपाल बस्नेत

बागमती प्रदेश
कृष्ण प्रसाद पौडेल

गण्डकी प्रदेश
कमला पन्त

लुम्बिनी प्रदेश
युवराज शर्मा

कर्णाली प्रदेश
दुर्गाकुमारी गुरुङ

सुदूरपश्चिम प्रदेश
नारायणदत्त मिश्र

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि तय गरेको उम्मेदवारहरु

प्रदेश-१
खुलाः देवराज घिमिरे (झापा)

महिलाः सुमित्रा भण्डारी (झापा)
अल्पसंख्यकः सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु)

प्रदेश-२
खुलाः असर्फी भिनवार यादव (धनुषा)
महिलाः बिना साह (रौतहट)

बागमती
खुलाः गोपाल शाक्य (ललितपुर)
महिलाः निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली)

गण्डकी
खुलाः पुण्यप्रसाद पौडेल (कास्की)
महिलाः लीला पोखरेल थनेट (नवलपुर)
दलितः गोविन्दबहादुर नेपाली (बाग्लुङ)

लुम्बिनी
खुलाः रामदयाल गुप्ता (दाङ)
महिलाः भारती खनाल (बाँके)
दलितः कृष्णबहादुर सुनार (गुल्मी)

कर्णाली
खुलाः चूडामणि शर्मा (सुर्खेत)
महिलाः गंगा थापा महत (जुम्ला)
अल्पसंख्यकः पदमबहादुर माझी (दैलेख)

सूदुरपश्चिम
खुलाः डिल्लीराज भट्ट (डोटी)
महिलाः सन्तोषकुमारी शर्मा (कैलाली)
दलितः नरेश बिक (बैतडी)

माओवादीबाट तय भएका उम्मेदवार
प्रदेश २
उर्मिला अर्याल

गण्डकी प्रदेश
सुरेश आलेमगर
भरत सुनार

कर्णाली प्रदेश
नरबहादुर विष्ट

सुदूरपश्चिम प्रदेश
जगत पार्की

नेकपा एकीकृत समाजवादीबाट तय भएका उम्मेदवार

प्रदेश १
जयन्ती राई

बागमती प्रदेश
गोमा तिमल्सिना

लुम्बिनी प्रदेश
राज्यलक्ष्मी गैरे

कर्णाली प्रदेश
उदय बोहोरा

सुदूरपश्चिम प्रदेश
मदन कुमारी शाह (गरिमा)

जनता समाजवादी पार्टीबाट तय भएका उम्मेदवार
प्रदेश १
हेमराज राई

प्रदेश २
मो. खालिद सिद्दीकी

राष्ट्रिय जनमोर्चाबाट तय भएका उम्मेदवार

लुम्बिनी प्रदेश
तुल बहादुर बिक

वि.सं.२०७८ पुस २० मंगलवार १३:१२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...