back
CTIZAN AD

अत्यधिक चिसो र शीतलहर बढेपछि धनुषाका विद्यालय बन्द

वि.सं.२०७८ पुस २० मंगलवार

876 

shares

जनकपुर। बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले जानकारी दिए ।

यस्तै, नगराइन नगरपालिकाले पनि अगामी पाँच दिनका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको जनाएको छ । अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले आजदेखि पाँच दिनका लागि नगर क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, लक्ष्मीनियाँ गाउँपालिकाले पनि गाउँपालिकास्थित विद्यालयमा आजदेखि अर्काे सूचना नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले सूचना जारी गरी चिसोका कारण विद्यालयमा बिदा दिएको जानकारी दिनुभएको छ ।

विगत केही दिनयता बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ ।

विगत तीन दिनदेखि घाम नउदाउनाका साथै चिसो हावा चलेका कारण सर्वसाधार आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ । चिसो बढ्ेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन् ।

वि.सं.२०७८ पुस २० मंगलवार १३:१६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

जनज्योति माविमा विज्ञान संकाय पुनः सञ्चालन गर्न सरोकारवालाको ऐक्यबद्धता

नवलपुर ।  जनज्योति माध्यमिक विद्यालय मा कक्षा ११ अन्तर्गत विज्ञान...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...