back
CTIZAN AD

जुम्लामा थपिए एक हजार ४०० भन्दा बढी नयाँ मतदाता

वि.सं.२०७८ पुस २० मंगलवार

720 

shares

खलङ्गा । जुम्ला जिल्लामा एक हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले दुई चरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत एक हजार ४७६ नयाँ मतदाता थपिएका हुन् । कार्यालयले छवटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि यही पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो ।

यसअघि जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट पनि मतदाता नामावली सङ्कलन भएको जिल्ल्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

उनले भने, “पहिलो चरणमा मङ्सिर १७ गतेदेखि हिमा गाउँपालिका, तिला गाउँपालिका र तातोपानी गाउँपालिका तथा दोस्रो चरणमा गुठीचौर गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र पातारासी गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिएको निर्वाचन कार्यालयका प्रमुख शर्माले बताए ।

कार्यालयका अनुसार पातारासीबाट ३२३, हिमाबाट १३७, तातोपानीबाट ३००, गुठीचौरबाट ३०८, कनकासुन्दरीबाट ११५ र तिला गाउँपालिकाबाट २९३ मतदाता थपिएका छन् । तीमध्ये महिलाको सङ्ख्याभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, कार्यालयबाट ३०४ र जिप्रकाबाट ४५१ तथा इलाका प्रशासन कार्यालय नराकोट सिञ्जाबाट २१३ मतदाता थपिएका छन् । बाहिरी जिल्लाका १३१ जनाले जिल्ला निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ”, कार्यालय प्रमुख शर्माले भन्नुभयो, “मतदाता नामावली सङ्कलनका लागि छवटा दर्तास्थल राखिएका थियो । प्रत्येक महिनाको मतदाता सङ्कलनको रिपोर्ट केन्द्रीय कर्यालयमा पठाउने गरेका छाँै । जिल्लाका स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख शर्माले बताए ।

जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार ११४ रहेका छन् जसमा पुरुष ३५ हजार ६५६ र महिला ३२ हजार ४५८ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सो तथ्याङ्क हेर्दा मतदाता नामावली सङ्कलनमा जुम्लामा मतदाताको निराशजनक सहभागिता देखिएको छ ।

स्थानीय तहको पदाधिकारीको पदावधि आगामी जेठ ५ मा सकिँदैछ । संविधानअनुसार पदावधि सकिएको बढीमा ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने भएकाले निर्वाचन आयोगले तयारी थालेको हो । कर्णाली प्रदेशमा २९ हजार २२८ जना मतदाता थपिएको निर्वाचन अयोगले जनाएको छ । आयोगले २०७४ को प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुनुभन्दा चार महिनाअघि मतदाता नामावली सङ्कलन अभियान चलाइएको थियो ।

 

वि.सं.२०७८ पुस २० मंगलवार १५:१३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...