back
CTIZAN AD

ओलीलाई भेट्न बालकोटमै किन पुगेका थिए रामचन्द्र पौडेल ?

वि.सं.२०७८ पुस २२ बिहीवार

633 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको अध्यक्षता गरिरहेका कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । बुधबार साँझ ओली निवास बालकोटमै पुगेर पौडेलले भेटेका हुन् ।

ओली र पौडेलबीच झण्डै डेढ घण्टा जति कुराकानी भएको बुझिएको छ ।

पौडेलले संसद अवरोध हटाउने विषयमा आफुँले ओलीसँग कुराकानी गरेको सञ्चारमाध्यमलाई बताएका छन् । यद्यपि ओलीसँग अन्य राजनीतिक विषयमा पनि कुराकानी भएको बुझिएको छ ।

संयन्त्रको बैठकमा उठ्यो विषय

बिहीबार बिहान राष्ट्रिय सभा निर्वाचनको तयारीबारे सत्तारुढ गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेको थियो । बैठकले आफ्ना उम्मेदवारलाई विजयी बनाउन अपिल गर्दै सातै प्रदेशमा समन्वय समिति निर्माण गर्ने पनि निर्णय गरेको छ ।

बिहीबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा राष्ट्रिय सभा निर्वाचनको विषयसँगै ओलीसँगको भेटको विषयले पनि प्राथमिकता पाएको थियो । बैठकमा पौडेलले आफ्नो भेटबारे प्रष्टीकरण दिएका थिए । नेताहरुले शंकापूर्णं रुपमा पौडेलको भेटप्रति प्रश्न उठाएको बैठकमा सहभागि एक नेताले बताए ।

तर, पौडेलले भने संसद अवरोध र न्यायायलमा देखिएको विवादबारे मात्रै छलफल गरेको बताएका थिए । तर, ओलीले आफ्नो अडान नछाडेको कुरा नेताहरुलाई सुनाएका थिए ।

वि.सं.२०७८ पुस २२ बिहीवार १३:०३ मा प्रकाशित

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महाकाली नदीमा सेनाको विपद् अभ्यास

महेन्द्रनगर । नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...