back
CTIZAN AD

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब

वि.सं.२०७८ पुस २२ बिहीवार

630 

shares

रत्ननगर । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै आन्दोलन सुरु गर्नुपर्ने बताए । “हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ” उनले भने, “यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।” मुलुकलाई हिन्दू राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासङ्घमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको बताएका छन् ।

महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । “दलहरुको स्वार्थका लागि हिन्दू राज्यबाट नेपाललाई हटाइयो”, उनलललले भने, “हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।” वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दू राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए ।

महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दू राष्ट्र बनाउन पहल गर्नुपर्ने बताए । सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दू राज्य बनाउन सकिने उनले बताए ।

 

वि.सं.२०७८ पुस २२ बिहीवार १३:०२ मा प्रकाशित

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

सामसङ नेपालको अपग्रेड टु ग्यालेक्सी अफर सार्वजनिक, आकर्षक एक्सचेन्ज,बोनस र सजिलो इएमइ सुविधा !

काठमाडौँ । सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि विशेष “अपग्रेड टु...

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वनक्षेत्र भुटानमा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको...

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

अध्यक्ष ओलीद्वारा इदको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा...

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा...

ठगीको अभियोगमा छ जना पक्राउ

ठगीको अभियोगमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार...