back
CTIZAN AD

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

वि.सं.२०७८ पुस २२ बिहीवार

786 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने १० औं भ्राइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो ।

समिट स्थगित गर्ने गुजरात सरकारले निर्णय गरेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यद्धपी भ्रमण स्थगित औपचारिक रुपमा निर्णय भइसकेको छैन् ।

जनवरी १०–१२ सम्म गुरातमा आयोजना हुन लागेको समिटमा सहभागि हुन भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो पठाएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो ।

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री पत्नी आरजु राणाले मोदीसँगको भेटबारे दिल्ली उच्चस्तरीय भेटघाट पनि गरेकी थिइन ।

सम्बन्धित समाचार

प्रधानमन्त्री देउवा जाने भनिएको गुजरात समिट एक्कासी स्थगित

वि.सं.२०७८ पुस २२ बिहीवार १३:४८ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

आजको मौसम पूर्वानुमान : कतै वर्षा कतै तातो हावा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

पालिकाले दियो तीन सय बढी किसानलाई हातेट्याक्टर

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषिमा यान्त्रिकीकरण प्रवद्र्धन गर्ने लक्ष्यसहित तीन...

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...