back
CTIZAN AD

झारफुक गर्न माताकोमा छोडेकी छोरीको मृत्यु भएपछि…

वि.सं.२०७८ पुस २६ सोमवार

720 

shares

काठमाडौं । झारफुकका लागि भन्दै २२ दिन अगाडि माताकोमा छोडेकी छोरीको मृत्यु भएपछि एक परिवार पीडामा परेको छ ।

सिन्धुपाल्चोक घर भई भक्तपुर मध्यपुर ठिमी बस्ने १४ वर्षीया बालिका ठकुरीको झारफुक गर्ने उक्त घरमा शनिबार बिहान वेहोस भएपछि माताले परिवारलाई खबर गरेकी थिइन् ।

नागार्जुन नगरपालिका–१ रानीवन पानीट्याङ्की नजिक घर भाडामा लिई बस्ने माता भनिने ४८ वर्षीया उमा शाही ठाकुरीकोमा उपचारका लागि भन्दै छोडेकी छोरी बेहोस भएपछि थप उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बालिकाको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

उक्त घटनामा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले माता भनिने ठकुरीलाई पक्राउ गरेको छ ।

बालिकालाई उनकै आमाले २२ दिन पहिले उपचारका लागि उक्त घरमा ल्याई छोडेको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।
ठकुरी उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

टाउको दुख्ने समस्या रहेकी बालिकालाइ माता भनिने ठकुरीले झारफुक गरेर निको बनाउँछु भनेपछि बालिकाकी आमाले पुष ३ गते बालिकालाई आश्रममा छोडेकी थिइन् ।

वि.सं.२०७८ पुस २६ सोमवार १३:५३ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...