back
CTIZAN AD

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र

वि.सं.२०७८ पुस २६ सोमवार

786 

shares

पाल्पा । तानसेन नगरपालिकाले डिजिटल कृषि परामर्श सेवा केन्द्र ‘इ चौतारी’ सञ्चालनमा ल्याएको छ । ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण, बीउबिजनसम्बन्धी चौतारीबाट सेवा पाउने व्यवस्था गरिएको छ ।

तानसेन–६ वडा कार्यालय रहेको भवनमा इ चौतारीले सेवा दिएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा उत्पादन वृद्धि गरी गरिब तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन सहयोग पुग्नेछ । तानसेनका नगर प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न किसानलाई राहत हुने बताएका छन् ।

कार्यक्रम जीइ किसानका कार्यक्रम अधिकृत विक्रम नेपालीले किसानलाई सूचना प्रविधिका माध्यमबाट कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण ल्याउन थालिएको बताए । ग्रामीण आर्थिक विकास सङ्घ र जीइ किसानको सहयोगमा उक्त नगरपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका र बगनासकाली गाउँपालिकामा इ चौतारीले सेवा सञ्चालनमा ल्याएको छ ।

पुस्तिका प्रकाशन
तानसेन नगरपालिकाले ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशनमा ल्याएको छ । फरक क्षमता भएका दृष्टिविहीन नागरिकको बजेट तथा सूचनासम्बन्धी पहुँच विस्तार गर्न ब्रेललिपिमा बजेट पुस्तिका प्रकाशन गरिएको जनाइएको छ ।

जिल्लामा पहिलो पटक ब्रेललिपिमा बजेट समावेश गरी पुस्तिका प्रकाशनमा ल्याइएको हो । फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेट पुस्तक अध्ययन गरी नगरपालिकाको बजेटसम्बन्धी जानकारी पाउन सहजता हुने नगर प्रमुख शाहीले बताए ।

नगरपालिकाभित्रका फरक क्षमता भएका नागरिकको चाहना र मागअनुसार बजेट पुस्तक ब्रेललिपिमा प्रकाशित गरिएको हो । नगरको बजेट, नीति तथा कार्यक्रम सर्वसाधारणको फरक क्षमता भएका दृष्टिविहीन नागरिकले बजेटसम्बन्धी पुस्तक ब्रेललिपिमार्फत अध्ययन गर्ने व्यवस्था गरिएको नगर प्रमुख शाहीले बताए ।

वि.सं.२०७८ पुस २६ सोमवार १३:४५ मा प्रकाशित

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

सङ्घीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व...

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

हिमालमा परेको असर न्यूनीकरणको विषय प्राथमिकतामा

काठमाडौँ । नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरणको खोजीदेखि समग्र...

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल-हिजबुल्लाह संघर्षमा इजरायली सैनिकको मृत्यु, सीमा क्षेत्रमा तनाव बढ्दै

इजरायल  । इजरायली सेनाले बिहीबार जनाएको अनुसार लेबनान सीमाना नजिक...