काठमाडौं । सुनको भाउ केही दिनयता निरन्तर ओरालो लागेको छ ।
आइतवार ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमवारको बजारमा भने प्रतितोला ३ सय रुपैयाँले घटेर ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमवारको बजारमा तेजावी सुन प्रतितोला ९० हजार ८ सय र चाँदी प्रतितोला १२२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७८ पुस २६ सोमवार १४:१६ मा प्रकाशित






























