back
CTIZAN AD

अनलाइनबाट राजस्व भुक्तानी

वि.सं.२०७८ पुस २६ सोमवार

2.4K 

shares

रत्ननगर । चितवनको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा सुरु गरेको छ । अनलाइनबाट राजस्व भुक्तानी सेवा सञ्चालनमा ल्याएसँगै जिल्लाका सात स्थानीय तहमध्ये अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा उपलब्ध गराउने खैरहनी पहिलो स्थानीय तह समेत बनेको छ ।

अन्य पालिकामा विद्युतीय भुक्तानी प्रणाली सुरु भएको छैन । खैरहनी–११ का वडाध्यक्ष हाकिम सिंहले आफ्नो राजस्व तिरेर यो सेवाको पहिलो सेवाग्राही बने । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले विद्युतीय भुक्तानी सेवाको शुभारम्भ गर्दै यो प्रणालीलाई प्रचारप्रसार गरेर अभियानका रुपमा नगरवासीमा पुर्याउनुपर्ने बताए ।

खैरहनी–२ का वडाध्यक्ष एवं सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास समितिका संयोजक टीकादत्त इटनीको अध्यक्षतामा भएको सेवा शुभारम्भ कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले राजस्व तिर्ने विषय महत्वपूर्ण भएकाले यो सेवाले नगरवासीलाई सहज हुने बताए । नगरपालिका सूचना तथा प्रविधि अधिकृत सुरेश चौधरीकाअनुसार पहिलो पटक बेबसाईटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिन्छ ।

सिफारिस बाहेकका राजस्व यो सेवामार्फत तिर्न सकिनेछ । राजस्व बुझाएपछि राजस्व तिरेको सन्देश इमेल र मोबाइलमा आउने चौधरीले बताए । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुई वटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टल ‘खैरहनीम्युन डट जिओभी डट एनपि’ का फिचर सेवाग्राहीले प्रयोग गर्न सक्ने चौधरीले बताए ।

करदाताले यसका सुविधा सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्नुका साथै प्रारम्भिक रुपमा मूल्याङ्कन गर्न सक्नेछन् । यसबाट आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।
करदाताको विवरण पेस भएपछि प्रचलित कानुन र दरका आधारमा कर मूल्याङ्कनलाई रुजु गरी स्वीकृत हुने चौधरीको भनाइ छ ।

तत्पश्चात करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ईसेवा) बाट भुक्तानी गर्न सक्ने चौधरीले जानकारी दिए ।

वि.सं.२०७८ पुस २६ सोमवार १५:१९ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...