Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा एक नेपाली महिलाको उपचारका क्रममा निधन



अमेरिका। अमेरिकामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सपरिवार साथ बस्दै आएकी संगीता ढुंगानाको मस्तिस्क रक्तस्रावबाट जनवरी ११ का दिन निधन भएको हो ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले ढुंगानको मृत्युले सबैलाई ममर्माहत बनाएको भन्दै दखुःख व्यक्त गरेका छन् ।
संगीता ढुंगानाका पति प्रेम चन्द्र ढुंगानाले दुईदिन अगाडी मात्र चिकित्सा खर्चको सहयोगको लागि गोफन्डमी खोलेका थिए ।

उक्त फन्डमा फन्डमा लक्ष्य ५० हजार डलर राखिएको थियो भने जनवरी १२ साँझ ६ बजे सम्म २० हजार डलर संकलन भै सकेको छ ।
ढुंगानाका अनुसार स्व संगीता ढुंगानालाई नोभेम्बर ७ देखि भर्जिनियाको आइनोभा फेयरफ्याक्स मेडिकल क्याम्पस (अस्पताल) को संघन कक्षमा राखेर उपचार गरिएको थियो ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)का अध्यक्ष गुणराज लुइँटेलले ढुंगानाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । ‘घरकै भान्सामा अचानक लडेर मस्तिष्क रक्तश्राबको समस्या देखिएपछि करिव दुई महिनादेखि अस्पतालमा संघर्ष गर्दै आउनु भएकी संगीता ढुंगानाले अब हामि बीच रहनु भएन । उहाले सबैलाई छोडेर जानु भएको छ ।’ लुइटेलले दुःख व्यक्त गरेका छन् ।

मोरंग उर्लाबारी घर भएकी स्व ढुंगाना छोराछोरी र श्रीमान संगै बस्थे । स्व ढुंगानालाई २ महिनाको अवधिमा ४ पटक शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा रक्त श्राब नरोकिएको कारण निधन भएको  बताइएको छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले