back
CTIZAN AD

अमेरिकामा एक नेपाली महिलाको उपचारका क्रममा निधन

वि.सं.२०७८ पुस २९ बिहीवार

690 

shares

अमेरिका। अमेरिकामा एक नेपाली महिलाको मृत्यु भएको छ ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सपरिवार साथ बस्दै आएकी संगीता ढुंगानाको मस्तिस्क रक्तस्रावबाट जनवरी ११ का दिन निधन भएको हो ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले ढुंगानको मृत्युले सबैलाई ममर्माहत बनाएको भन्दै दखुःख व्यक्त गरेका छन् ।
संगीता ढुंगानाका पति प्रेम चन्द्र ढुंगानाले दुईदिन अगाडी मात्र चिकित्सा खर्चको सहयोगको लागि गोफन्डमी खोलेका थिए ।

उक्त फन्डमा फन्डमा लक्ष्य ५० हजार डलर राखिएको थियो भने जनवरी १२ साँझ ६ बजे सम्म २० हजार डलर संकलन भै सकेको छ ।
ढुंगानाका अनुसार स्व संगीता ढुंगानालाई नोभेम्बर ७ देखि भर्जिनियाको आइनोभा फेयरफ्याक्स मेडिकल क्याम्पस (अस्पताल) को संघन कक्षमा राखेर उपचार गरिएको थियो ।

नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)का अध्यक्ष गुणराज लुइँटेलले ढुंगानाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । ‘घरकै भान्सामा अचानक लडेर मस्तिष्क रक्तश्राबको समस्या देखिएपछि करिव दुई महिनादेखि अस्पतालमा संघर्ष गर्दै आउनु भएकी संगीता ढुंगानाले अब हामि बीच रहनु भएन । उहाले सबैलाई छोडेर जानु भएको छ ।’ लुइटेलले दुःख व्यक्त गरेका छन् ।

मोरंग उर्लाबारी घर भएकी स्व ढुंगाना छोराछोरी र श्रीमान संगै बस्थे । स्व ढुंगानालाई २ महिनाको अवधिमा ४ पटक शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा रक्त श्राब नरोकिएको कारण निधन भएको  बताइएको छ ।

 

 

वि.सं.२०७८ पुस २९ बिहीवार ०९:०३ मा प्रकाशित

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

प्रतिनिधिसभाः जनजीवनका समस्याबारे ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठको आकस्मिक समयमा सांसदहरूले जनजीवनका सवाल...

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

एसियन खेलकुद छनोट : टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...

दूध किसानलाई रु १२ करोड

दूध किसानलाई रु १२ करोड

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई...

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

‘महिला दृष्टि’ मा ब्युतिइन् रोशनी

काठमाडौ । जाजरकोट निवासी स्वर्र्गीय रोशनी शाही ‘महिला दृष्टि’ मार्फत...