back
CTIZAN AD

पशुपति धर्मशालाबाट पनि बतासलाई हटाउने पर्यटनमन्त्रीको तयारी !

वि.सं.२०७८ माघ २ आइतवार

744 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पशुपति क्षेत्र विकास कोषभित्र निर्माण गरिएको धर्मशाला धर्मशाला नभई सात तारे होटल बनेको प्रतिक्रिया दिएका छन् । आइतबार धर्मशालाको निरीक्षणमा पुगेका उनले सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले धर्मशाला देखेर आफूँ नै ‘सक’ भएको बताए । मन्त्री आलेले अनुमति बेगरका संरचना बतास समूहले धर्मशालाभित्र बनाइएको पनि बताए ।

“छानबिन समितिले भोलि प्रतिवेदन पेश गर्छ, त्यसपछि त्यसको आधारमा सबै कुरा छर्लङ्ग बाहिर आउने छ”, मन्त्री आलेले सञ्चारकर्मीसँग भनेका छन्, “यहाँ कतिपय संरचना अनुमति नै नलिएर बनाइएका पनि रहेछन् ।”

उनले धर्मशालाको ठेण्डर प्रक्रियामा भएका बेइमानीको सबै छानबिन गरी कारबाही गरिने पनि बताएका छन् । “के–के कमीजोरी भएको छ, टेन्डर लगायतमा कसको साँठगाँठ छ प्रतिवेदन बुझाइसकेपछि छर्लङ्ग हुनेछ”, उनले भने, “भक्तजनले सर्वसुलभ रुपमा बस्न पाउन भनेर बनेको हो, तर हेर्दा आलिसान कोठा रहेछन्, धर्मशालाको रुप नभएर आधुनिक सेभन स्टार होटलको जस्तै छ ।”

मन्त्री आलेले कसैप्रति पूर्वाग्रह नराखी छानबिन प्रक्रिया अगाडि बढाइएको बताएका छन् । उनले कानूनी दायरभन्दा बाहिर गएको आधार भेटिए जोकोहीलाई पनि नछाडिने पनि चेतावनी दिए ।

पशुपतिमा आउने तिर्थालुका लागि बनाइएको धर्मशालालाई तत्कालिन सरकारले भाडामा लगाउने निर्णय गरेको थियो । भाडामा पाएको बतास समूहले उक्त धर्मशालालाई महंगो होटलको रुपमा परिणत गरेको छ । धर्मशालामा एउटै कोठाको ११ हजारभन्दा बढी भाडा असुल्ने गरेको भेटिएको छ ।

मन्त्री आलेले धर्मशालामा गरिएको मनपरी सार्वजनिक भएसँगै पशुपति विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा छानबिन समिति गठन गरि छानबिन गर्न लगाएका थिए । छानबिन समितिले आफ्नो प्रतिवेदन सोमबार बुझाउँदै छ । मन्त्री आलेले उक्त प्रतिवेदन पाएसँगै कारबाही अगाडि बढाउने जनाएका छन् ।

 

वि.सं.२०७८ माघ २ आइतवार १४:१९ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...