back
CTIZAN AD

चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थित गरिँदै

वि.सं.२०७८ माघ २ आइतवार

2K 

shares

कावासोती । वन्यजन्तुका लागि घाँसे मैदान व्यवस्थापनको काम सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा घाँसे मैदान व्यवस्थापन गर्न थालिएको हो ।

उक्त सामुदायिक वनले आधुनिक मेसिनको प्रयोग गरी घाँसे मैदान व्यवस्थापन गर्न थालेको छ । घाँसे मैदान क्षेत्रका बुट्यान, पुराना खरघारीलगायत मिचाहा प्रजातिका झारलाई हटाउन थालिएको वनका अध्यक्ष नरबहादुर महतोले बताए । घाँसे मैदान व्यवस्थापनका लागि कावासोती नगरपालिकाले उपकरण अनुदानमा सहयोग गरेको हो । घाँसे मैदान व्यवस्थापन गरे वन्यजन्तु बस्तीतर्फ आउनबाट रोकिने र बालीनालीमा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको अध्यक्ष महतोले बताए । उनले गैँडा, मृग, चित्तललगायतका वन्यजन्तुलाई चरन क्षेत्र निर्माणका लागि घाँसे मैदान व्यवस्थापन गर्न सुरु गरिएको बताए ।

निकुञ्जमा रहेका वन्यजन्तु बासस्थान र आहाराको अभावमा बस्तीमा पस्न थालेपछि वन क्षेत्रभित्रनै घाँसे मैदानको व्यवस्थापन गर्ने कामको थालनी गरिएको हो । उचित चरनको बासस्थानको अभावमा वन्यजन्तु मध्यवर्ती आसपासका बस्तीमा परेर जनधनको क्षति पुर्याउने गर्दा यहाँका बासिन्दा त्रासमा बस्नुपर्ने अवस्था छ ।

‘वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन, वनभित्र नै उपयुक्त बासस्थान होस् भनेर घाँसे मैदान व्यवस्थापन गरिरहेका छौं’ गुन्द्रही वनका अध्यक्ष नरबहादुर महतोले बताए । उनले घाँसे मैदानका कारण गैँडा,मृग, हरिणलगायतका वन्यजन्तुलाई आहाराका लागि सहज हुने बताए ।

घाँसे मैदान व्यवस्थापन पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । घाँसे मैदानको निर्माण र व्यवस्थापनसँगै गैँडालगायतका वन्यजन्तुको वासस्थान र चरन क्षेत्र बन्ने र जिप सफारी, हात्ती सफारीमा आउने पर्यटकले यस क्षेत्रमा सहज रुपमा वन्यजन्तु अवलोकन गर्नसक्ने अध्यक्ष महतोले बताए । घाँसे मैदानसँगै गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनले सीमसार क्षेत्रकोसमेत व्यवस्थापन गर्दै आइरहेको छ । यस क्षेत्रमा गैँडा, मृग, हरिण, चराचुरुङ्गीलगायतको सङ्ख््यामासमेत वृद्धि हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७८ माघ २ आइतवार १४:३० मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...