
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं फर्काएर अवतरण गराएको छ ।
उडेको पाँच मिनेटमै जहाजको ढोका खुलेपछि जहाज फर्काइएको थियो ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँले बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका खुलेपछि काठमाडौं विमानस्थलमा फर्काइएको जानकारी दिए । उनले जनाएअनुसार उक्त जहाजको चेकजाँच भइरहेको छ ।
अमेरिकन विचक्राफ्टको उक्त जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य सवार थिए ।