Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

पुस मसान्तसम्म ३१ प्रतिशत मात्रै बजेट खर्च, यी हुन् अर्थमन्त्री शर्माका सवल र दुर्वल पक्ष



काठमाडौं । चालू आर्थिक वर्षको आधा समय पुस मसान्तसम्ममा सरकारले जम्मा ३० दशमलब ७२ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

जसमध्ये पुँजीगत खर्च १० दशमलब ८८ प्रतिशत मात्रै भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालूतर्फ १० खर्ब तीन अर्ब ७४ करोड सात लाख, पुँजीगततर्फ चार खर्ब २९ अर्ब ६५ करोड नौ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए । जसमध्ये चालु आवको ६ महिनामा चालूतर्फ ४०.२८, पुँजीगततर्फ १०.८८ र वित्तीय व्यवस्थापनतर्फ २६.१२ प्रतिशत खर्च भएको छ ।
बैंकमा लगानीयोग्य तरलताको अभाव चुलिँदै गएको समस्या समाधान हुन सकेको छैन् । राज्यको भुक्तानी सन्तुलन, व्यापार घाटा, विदेशी मुद्राको संचिति, आदि कुराहरु नकरात्मक अवस्थामा देखिएका छन् । रेमिट्यान्स आम्दानी घटेको छ ।

चालु आवको भदौ महिनादेखि ओरालो लागेको सेयर बजार पुस महिनाबाट उकालो लाग्दै जाँदा २ हजार ९ सयको अंकमा पुगिसकेको छ । साधारण र आयातमुखी सामाग्रीमा बढी खर्च भएको हुँदा विदेशी मुद्राको सञ्चितिमा नकरात्मक स्थिति देखिएको जनाउँदै नेपाल राष्ट्रबैंकले निश्चित वस्तुको आयातमा कडाई गर्ने नीति अख्तियार गरेको छ ।

राज्यले पुँजीगत खर्च आवश्यक मात्रामा खर्च गर्न नसकेको कारणले मुलुकको आर्थिक अवस्थामा सुधार आउन नसकेको तर्क पनि अगाडि सारिएको छ । चालु आवको बजेट सरकारले तत्कालिन प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले घोषणा गरेको बजेटलाई विधेयकमार्फत विस्थापन गरी ल्याएको थियो । अर्थमन्त्री शर्माले प्रति महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका थिए । तर, अर्थमन्त्री शर्मा आफैंले अघि सारेको लक्ष्य हासिल गर्न विफल भएको देखिएको छ ।

अर्थमन्त्री शर्माका सबल पक्ष
निकै आलोचना र समस्याकाबीच बजेट कार्यान्वयनको सन्दर्भमा अर्थमन्त्री शर्माका केही सबल पक्ष देखिएका छन् । जसमा आम्दानी तथा खर्चको स्रोत निर्माण गर्न मन्त्री शर्मा सफल देखिएका छन् । सरकारको बजेटको स्रोत भनेको आन्तरिक राजस्व, वैदेशिक ऋण÷अनुदान र आन्तरिक ऋणलगायत हो ।

चालू बजेटको आकार १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँमध्ये राजस्वमात्रै ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको तथ्याङ्क महालेखाले अद्यावधिक गरेको छ ।

पुस २९ गतेसम्मको तथ्यांक हेर्दा वर्तमान सरकार बजेटको स्रोत प्राप्तिमा सफल देखिएको छ । किनकी सरकारले पुस २९ गतेसम्म मात्रै ४४ दशमलब २४ प्रतिशत राजस्व उठाइसकेको छ । जसमा कर राजस्व ४४ दशमलब ८ र गैरकर राजस्व ३८ दशमलब ८ प्रतिशत उठेको छ । पुस मसान्त अर्थात शुक्रबार कर किस्ता तिर्ने अन्तिम दिन भएकाले राजस्व संकलन झनै बढ्ने निश्चित छ । यसबीच सरकारले लक्ष्यको २३.१७ प्रतिशत अनुदान प्राप्त गरेको छ ।

दुर्बल पक्ष
अर्थमन्त्री शर्माले चालु आवको बजेट कार्यान्वयनमा प्रतिमहिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने उद्घोष गरेका थिए । तर शर्माले उद्घोष गरेअनुरुप बजेट खर्चको अवस्था सिर्जना हुन सकेको छैन् ।

मन्त्री शर्माले बजेट कार्यान्वयन गर्ने सबै मन्त्रालयका सचिवहरुलाई बजेट खर्चसम्बन्धी पटक पटक ताकेता गर्दापनि खर्च सुधार हुन सकेको छैन् । संस्थागत र नीतिगत अवस्थामा रहेका कमिकमजोरीको पहिचान गरि उपयुक्त कार्यक्रम निर्माण गर्न मन्त्रीमाथि विज्ञहरुको प्रश्न रहेको देखिन्छ ।

निर्माण व्यवसायीहरुले सरकारले आफुहरुको बिगतदेखिको भुक्तानीमा नै सहजिकरण नगरेको आरोप लगाएका छन् । आफुहरुको भुक्तानीमा सहजकिरण गरिदिएमा मात्रै पनि बजेट खर्च झण्डै ३५ अर्बसम्म बढ्न सक्ने उनिहरुको तर्क रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय