काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादुत(ब्राण्ड एम्बेसेडर) मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ ।
कम्पनीको स्थापनाकालदेखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध रहँदै आएका छन् ।
सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुखबजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् ।
सो सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने जनाइएको छ
वि.सं.२०७८ माघ ३ सोमवार ०९:०५ मा प्रकाशित





























