back
CTIZAN AD

एनआरएनलाई लक्षित गर्दै विओकेले ल्यायो ‘बीओके एनआरएन निक्षेप खाता’

वि.सं.२०७८ माघ ३ सोमवार

582 

shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ ।

विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले बैंक अफ काठमाण्डूमा अमेरिकी, युरोपियन, जापानी, आदि लगायतका मुद्राहरुमा बैंक खाता खोल्न सक्ने जनाइएको छ । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम ५ दशमलब ५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् । यसका साथै गैरआवसीय नेपालीले यस निक्षेप खाता खोेलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन बैंकले बताएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गगरेका रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७८ माघ ३ सोमवार ०९:१० मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...