
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीका लागि बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्ने ‘बीओके एनआरएन निक्षेप खाता’ सार्वजनिक गरेको छ ।
विदेशमा बसी आफ्नो परिश्रम गरी आयआर्जन गरिरहेका ग्राहकलाई आफ्नो मातृभूमिमा रहेको यस बैंकमा खाता खोली उच्चतम प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपालीहरुले बैंक अफ काठमाण्डूमा अमेरिकी, युरोपियन, जापानी, आदि लगायतका मुद्राहरुमा बैंक खाता खोल्न सक्ने जनाइएको छ । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीले अधिकतम ५ दशमलब ५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् । यसका साथै गैरआवसीय नेपालीले यस निक्षेप खाता खोेलेमा बैंकले विशेष बैंकिङ सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्नेछन बैंकले बताएको छ ।
बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गगरेका रकमको उच्चतम प्रतिफलका साथै मातृभूमिमा सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ । हालसम्म बैंक अफ काठमाण्डूले ९४ शाखा कार्यालय, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।