
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना मुक्त भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि घरमै आइसोलेशनमा रहेका अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको छोरी गगा दाहालले जानकारी दिएकी छन् ।
दाहालले अध्यक्ष प्रचण्ड कोरोना मुक्त भएको सामाजिक संजालमार्फत् जानकारी दिँदै भनेकी छन्–‘अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसंगै वहा‘ कोरोनामुक्त हुनुभएको छ । यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार ।’
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएसँगै पार्टीका अध्यक्ष तथा नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, मातृका यादव, डोर प्रसाद उपाध्याय, शक्ति बस्नेत, सत्या पहाडि, वाइसीयल इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीयल अध्यक्ष सुमन श्रीपाली, अखिल क्रान्तिकारीकी अधयक्ष पन्चा सिंह, बागमती प्रदेश अध्यक्ष तथा प्रचण्डका पूर्व अंगरक्षक प्रकाश पाण्डे, स्वकीय सचिव रमेश मल्ल लगायतकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।